नवनिर्वाचित उपराष्ट्रपतिलाई मुख्यमन्त्रीले दिए शुभकामना

IMG-20250909-WA0142

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गणतान्त्रिक देश भारतको उपराष्ट्रपति जस्तो सम्मानित पदमा निर्वाचित भएकोमा सीपी राधाकृष्णनलाई बधाई एवं शुभकामना प्रकट गरेका छन्। यस सम्मानित पदमा उनको निर्वाचनले विशिष्ट सेवा, सार्वजनिक जीवनप्रतिको दृढ प्रतिबद्धता र राष्ट्रप्रतिको दृढ समर्पणलाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन्। सिक्किमका जनताको तर्फबाट शुभकामना प्रकट गर्दै सफल र फलदायी कार्यकालको लागि शुभकामना व्यक्त गगरेका छन्। मलाई विश्वास छ कि उनको सम्मानित नेतृत्वमा देशको संसदीय लोकतन्त्रको उच्च परम्पराहरू अझ सुदृढ हुनेछन्, र न्याय, सद्भाव र समावेशीताको मूल्यहरू मर्यादा र बुद्धिमत्ताका साथ कायम राखिनेछ, मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा बने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement