राजधानीमा एसबीएसको ५८औं स्थापना दिवस

IMG-20250909-WA0141

गान्तोक: सिक्किम राज्य ब्याङकले आफ्नो ५८औं स्थापना दिवस राजधानीको मनन केन्द्रमा विभिन्न कार्यक्रमसितै पालन गऱ्यो। यस अवसरमा सिक्किम सरकारका ग्रामीण विकास विभागीय मन्त्री अरूणकुमार उप्रेती मुख्य अतिथिकारूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री उप्रेतीले सरकारको तर्फबाट शुभकामना व्यक्त गरे। उनले राज्यको वित्तीय प्रणालीलाई मजबुत बनाउन एसबीएसको भूमिकाको प्रशंसा गरे। उनले थप जानकारी गराएअनुसार वर्ष २०१९ मा एसकेएम पार्टीको सरकार गठन भएपछि एसबीएसले हासिल गरेको विभिन्न उपलब्धीबारेमा अवगत गराए। यस ब्याङकले फस्टाउने अवसर पाएको दाबी गर्दै हाल राज्यको विभिन्न जिल्लाहरूमा एसबीएसको शाखा कार्यालयको उदघाटन भइरहेको उल्लेख गरे। यसको प्रत्यक्ष लाभ स्थानीयहरूले उठाइरहेको बताए। एसबीएस मुख्य कार्यालयको उद्घाटन प्रगतिशील दृष्टिकोण र भविष्यको प्रतिबद्धताको प्रतिक हो, जसले कोर ब्याङकिङ समस्याको समाधान गर्नको साथै ऐप र डाटा सेन्टरको शुरुवात पारदर्शिता, दक्षता र ग्राहक सेवा बढाउनको लागि एक प्रमुख कोसेढुङ्गाकोरूपमा काम गर्ने मन्त्री उप्रेतीले बताए। मन्त्री उप्रेतीले नवीन तकनिकीले दुर्गम क्षेत्रहरूमा पनि डिजिटल ब्याङकिङ सुविधाहरू विस्तार गर्ने जानकारी गराउँदै वित्तीय समावेशीकरणलाई सुदृढ पार्ने आशा व्यक्त गरे।
आजको कार्यक्रममा वर्षको उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित गरियो। उनले एसबीएस कर्मचारीहरूको समर्पण र निष्ठाको प्रशंसा गरे। उनले इमान्दार ग्राहकहरूको विश्वासले ब्याङकले सफलता हासिल गरेको थप दाबी गरे। मन्त्री उप्रेतीले एसबीएसले छात्रवृत्ति, युवा उद्यमीहरूका लागि सहुलियतपूर्ण ऋण, ग्रामीण वित्तीय समावेशीकरण, आत्मनिर्भरता र आर्थिक बल प्रवर्द्धन गर्ने पहलहरू मार्फत सामाजिक विकासमा पनि योगदान पुऱ्याएको उल्लेख गरे। उनले ब्याङकको महत्वकांक्षी लक्ष्यहरू पूरा गर्न यसलाई डिजिटलाइजेसन, मोबाइल र इन्टरनेट ब्याङकिङ सेवा प्रदान गर्नुपर्ने विषयमाथि सबैको ध्यान केन्द्रित गराए। सोही क्रममा एसबीएसका अध्यक्ष डीबी गुरुङले आफ्नो सम्बोधनमा ब्याङकको स्थापना १९६७ मा भएको बताए। उनले थप जानकारी गराएअनुसार ब्याङकले आफ्नो ५८औं वर्ष अवधिमा विभिन्न प्रकारको सेवा पुऱ्याएको र राज्य सरकारको निम्ति आर्थिक मेरूदण्ड बनेर काम गरेको उल्लेख गरे। राज्यका जनतालाई विभिन्नरूपमा आर्थिक सहयोग प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गरे। उनले थप जानकारी गराएअनुसार ब्याङकले स्थापनाकालदेखि नै राज्यको विकासीय कार्यहरूमा सहयोग पुऱ्याउँदै आइरहेको छ। राज्यको विकासात्मक पहलहरूलाई सहयोग गर्ने, वित्तीय समावेशीकरणलाई बढावा दिने र जनताको लागि भरपर्दो साझेदारकोरूपमा सेवा गर्न ब्याङको महत्वपूर्ण भूमिकामाथि प्रकास पारे। उनले ग्राहकमैत्री सेवाहरू प्रदान गर्ने, आधुनिक ब्याङकिङ अभ्यासहरू अपनाउने, राज्यको आर्थिक वृद्धि र कल्याणमा योगदान पुर्यागउने ब्याङको प्रतिबद्धतालाई पुन: पुष्टि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement