अधिकारीहरुको टोलीद्वारा शिगा हाइड्रो पावर प्रोजेक्टको निरीक्षण

IMG-20250909-WA0140

गेजिङ: गेजिङ जिल्लाअन्तर्गत टाशीडिङमा शिगा एनर्जी प्राइभेट लिमिटेडद्वारा सञ्चालित हाइड्रो इलेक्ट्रिक पावर प्रोजेक्टको आज निरीक्षण गऱ्यो। उल्लेखनीय छ. उक्त टोलीले महिनामा एकपल्ट विभिन्न परियोजनाको निरीक्षण गर्दै आइरहेको छ। निरीक्षण टोलीको नेतृत्व जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अधिकारी गणेशकुमार राईले गरेका थिए भने साथमा अग्निशमन अनि आपतकालिन सेवाका एसएफओ पासाङ छिरिङ भोटिया,वन विभागका एएसआइ प्रकाश कालिकोटे लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा टोलीले विशेष गरेर कम्पनीमा कार्यरत कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै राज्य सरकारद्वारा जारी गरिएको सुरक्षा विषयमाथि समीक्षा गरेको थियो। कम्पनीको चिकित्सा टोलीले सप्ताहमा एकपल्ट परियोजना परिसरको भ्रमण गर्ने जानकारी गराए। कम्पनीले आपतकालिन समयको निम्ति २४ घण्टाअवधि एम्बुलेन्स उपलब्ध गराएको पनि अवगत गरायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement