सोरेङ: पश्चिम सिक्किम सोरेङ जिल्लाअन्तर्गत टिकपूरमा कृषकहरूलाई लिएर आयोजन गरेको “मेरो रेशम मेरो अभिमान” कार्यक्रम समाप्त भएको छ। प्राकृतिक सौंदर्य साथसाथै हावापानी, भूमि रेशम खेती अति उपयुक्त रहने भएको कारण पश्चिम सिक्किमको टिकपुरलाई चयनित गरेको थियो। राष्ट्रव्यापी अभियानअन्तर्गत प्रभावकारी कार्यक्रमको श्रृङ्खला टिकपुरमा सात दिनसम्म चलेको थियो। वस्त्र मन्त्रालय भारत सरकारको निर्देशमा पहललाई केन्द्रीय रेशम बोर्ड अनि रेशम निर्देशालय सिक्किम सरकारको सहकार्यमा समन्मवय गरिरहेछ। यो अभियानको मुख्य उद्देश्य रेशम खेती सम्बन्धि,कृषकहरू माँझ जागरूकता सृजना गर्नु अनि क्षमता विकास गर्नु रहेको छ। विशेषगरि किम्बु र रेशम किरा पाल्नुमा केहि समय अघिदेखि कृषकहरूले जागरूकता साथै तालीम अनि क्षेत्रमा प्रदर्शनहरू लगायत विभिन्न गतिविधिहरूमा सक्रिय रुपमा भाग लिईरहेछन्। कार्यक्रमको मुख्य आकर्षक किम्बु खेतीका नविनतम् अभ्यासहरु, रेशम किरा पालन, रेशम खेतीमा लाग्ने रोग व्यवस्थापन, यसलाई सुरक्षित राख्ने विधिहरू अप्नाउनु पर्ने, कीटाणुको लागि जैविक नियन्त्रण प्रतिनिधि प्रयोगमाथि विशेष जोड़ रहेको थियो। यसमा विभागीय दृष्टिकोणको कारण किम्बु र रेशम खेती साथ-साथै कृषकहरूसंग दिगो र मैत्री सम्बन्ध पनि अझ बलियो भएर जाने कुरामा जोड़ दिइयो। कार्यशालाको मुख्य उद्देश्य स्थानीय कृषकहरूलाई आवश्यक उपकरण र आवश्यक प्रशिक्षण दिएर दिगो जीवनपार्जनको रूपमा रेशम खेतीलाई केन्द्र तथा राज्य सरकारले उत्पादन र आमदामीका बाटाहरू प्रशस्त बनाउनु रहेको छ।
उक्त सात दिवसीय कार्यशालामा केन्द्रीय रेशम अनुसन्धान एवं प्रशिक्षण संस्थान एन्ड टीआई बरहमपुर,वैज्ञानिक डा रञ्जीता देवी, क्षेत्रीय रेशम अनुसन्धान केन्द्र कालेबुङका वरिष्ठ तकनीकी सहायक भानु शिलाल, रेशम निर्देशालय सिक्किम सरकारकी खण्ड अधिकारी निमा डिकी शार्पको पनि विशेष उपस्थिति रहेको थियो। जसमा स्थानीय नागरिक र कृषकहरूले सहभागिता जनाएका थिए।