खरसाङ क्षेत्रका घुम्ती, सिविटार, मालुटार र सिपाहीधुरा चियाबारीहरुमा बीस प्रतिशतको दरले बोनस वितरण

IMG-20250909-WA0114

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको चियाबारीहरुमा बीस प्रतिशतले बोनस वितरण कार्य शुरु गरिएको छ। यस क्रममा मंगलबार सिविटार चियाबारीमा‌ बीस प्रतिशतको दरले बोनस वितरण गरिएको जानकारी प्राप्त भएको छ‌ मा त्यसरी नै सिपाहीधुरा र मालुटार चियाबारीमा पनि बीस प्रतिशतको दरले बोनस वितरण कार्य शुरु गरिएको छ। त्यसरी नै सोमबार घुम्ती चियाबारीमा पनि बीस प्रतिशतको दरले बोनस वितरण गरिएको छ। तीनधारे महानदी समष्टिको चारवटा चियाबारीहरुमा बीस प्रतिशतको दरले बोनस वितरण कार्य शुरु गरिएकोमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले बीस प्रतिशत बोनस वितरण गर्ने चियाबारीहरुलाई धन्यवाद छ अनि अन्य चियाबारीहरुले पनि सरकारको एडभाइजरी‌ अनुसार चाढै बीस प्रतिशतको दरले बोनस वितरण गरिदिने निवेदन गरेका छन्। उनले यसपाली चियाबारी श्रमिकहरुको लागि बीस प्रतिशत बोनस वितरणमा मुख्य भूमिका निर्वाह गर्ने जीटीए प्रमुख अनित थापालाई चियाबारी श्रमिकहरुको तर्फबाट धन्यवाद दिएका छन्। उनले विशेष गरेर बीस प्रतिशतको दरले बोनस वितरण गर्ने चियाबारीहरुका मालिक पक्षलाई धन्यवाद दिन्दै चाढै अरु बगानहरुले बीस प्रतिशतको दरले बोनस झट्टै वितरण गरिदिने आह्वान् गरेका छन्।

यस विषयमा भिडियो जारी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन सिविटार चियाबारी युनिटको सभापति सुमन प्रधान, घुम्ती चियाबारी युनिटको सभापति देबेन्द्र सुब्बा, मालुटार चियाबारी युनिटको सभापति प्रह्लाद छेत्री र सिपाहीधुरा चियाबारी युनिटको सभापति निर्मल प्रधानले चियाबारी प्रबन्धन र मालिकवर्ग साथै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टि, खरसाङ महकुमा समिति, केन्द्रीय समितिक साथै जीटीए प्रमुख अनित थापालाई बीस प्रतिशत बोनसको लागि विशेष धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement