म्याचको दिन मात्र बलिंग संयोजन तय गरिने प्रशिक्षक मोर्ने मोर्कलको दावी

IMG-20250909-WA0070

नयाँ दिल्ली: भारतीय बलिंग प्रशिक्षक मोर्ने मोर्कलको भनाइअनुसार, यूएई-को पीचहरू यस साल मार्चमा भएको आईसीसी च्याम्पियन्स ट्रफीको पीचहरूभन्दा धेरै अलग हुनेछ। यसैकारण भारतले एशिया कपको म्याचहरूमा आफ्ना तीनैजना स्पिनरको प्रयोग नगर्न पनि सक्छ। मोर्कलले यस मामिलामा अन्तिम फसेला लिनु बाँकी नै रहेको बताएका छन्। भारतले यस महाद्वीपीय टुर्नामेण्टको निम्ति कुलदीप यादव, वरुण चक्रवर्ती र अक्षर पटेलको रूपमा ३ जना स्पिनर चयन गरेको छ। यसबीच दुबई इण्टरनेशनल क्रिकेट स्टेडियमको पीच च्याम्पियन्स ट्रफीको तुलनामा निक्कै हरियो देखिएको हुनाले मोर्कलले पहिलो म्याचमा ३ जना स्पिनर खेलाइने सम्भावना कम्ती रहेको बताएका छन्। मोर्कलले भने, हामीले फेरि गएर विकेट हेर्नु पर्नेछ। च्याम्पियन्स ट्रफीमा पीच अलग थियो। त्यसपछि यहाँ धेरै क्रिकेट खेलिएको छ अनि अहिले पीच सुक्खा लागिरहेको छ। हामी फेरि एकपल्ट पीच हेर्नेछौं कारण यसअघि हेर्दा पीचमा निक्कै घाँस रहेको थियो। दोस्रोपल्ट पीच हेरेपछि मात्र अघि बढ़्ने सर्वश्रेष्ठ तरिका के हुनेछ भन्ने पत्तो लाग्नेछ। हामी हरेक दृष्टिकोणले विचार गर्नेछौं अनि म्याचको दिन अन्तिम फसेला लिइनेछ।
यूएई-विरुद्ध म्याचबारे मोर्कलले भने, उनीहरूले आफ्नो क्रिकेटमा निक्कै प्रगति गरेका छन् अनि हालका दिनहरूमा एउटा नयाँ ब्राण्डको क्रिकेट खेलिरहेका छन्। हामी यस चुनौतीलाई लिएर उत्साहित छौं अनि निश्चित रूपले यस टीमलाई हल्कामा लिन सकिँदैन। हामी विपक्षी टीमको ताकत र कमजोरीहरूको विश्लेषण गर्नेछौं। यसबाहेक हामी कस्तो क्रिकेट खेल्न चाहन्छौं भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुनेछ। उल्लेखनीय छ, भारतले एशिया कपमा पहिलो म्याच १० सेप्टेम्बरमा यूएई-विरुद्ध खेल्नेछ। त्यसपछि १४ सेप्टेम्बरमा पाकिस्तानविरुद्ध म्याच रहेको छ। भारतले ग्रुप चरणको अन्तिम म्याच ओमानविरुद्ध १९ सेप्टेम्बरमा खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement