फिफा वर्ल्ड कपको निम्ति क्वालीफाई गर्न सफल ट्यूनिशिया

IMG-20250909-WA0066

नयाँ दिल्ली: ट्यूनिशियाले फेरि एकपल्ट फिफा वर्ल्ड कपको निम्ति क्वालीफाई गऱ्यो। सोमवार राति खेलिएको म्याचमा ट्यूनिशियाले इक्वेटोरियल गिनीलाई १-०-ले पराजित गर्नको साथै फूटबल वर्ल्ड कपको निम्ति क्वालीफाई गऱ्यो। फिफा वर्ल्ड कप क्वालीफायरको अफ्रिकी चरणअन्तर्गत ग्रुप एच-को म्याचमा मोहामेद अली बेन रोमधानेले अन्तिम समयमा दिलाएको गोलले ट्यूनिशियालाई जीत दिलायो। ट्यूनिशियाले २ वटा म्याच बाँकी रहँदै अमेरिका, मेक्सिको र कनाडाको संयुक्त आयोजनमा आउँदो साल हुने वर्ल्ड कपको निम्ति क्वालीफाई गऱ्यो। ग्रुपमा ट्यूनिशिया ८ वटा म्याचमा २२ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। उनीहरूसँग दोस्रो स्थानमा रहने नामीबियाभन्दा १० पोइण्ट्स अधिक रहेको छ। वर्ल्ड कप क्वालीफायरमा ट्यूनिशियाले ८ वटा म्याचमा १३ गोल गरेर एउटा गोल पनि खाएको छैन। ट्यूनिशियाले जम्मा सातौं अनि लगातार तेस्रोपल्ट वर्ल्ड कपको निम्ति क्वालीफाई गऱ्यो। यस टीमले २०१८ र २०२२-को वर्ल्ड कपमा ग्रुप चरणमै बिदा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement