मुख्यमन्त्रीले दिएविश्व फिजियोथेरापी दिवसको शुभकामना

IMG-20240924-WA0304

गान्तोक: विश्व फिजियोथेरापी दिवसको अवसरमा सम्पूर्ण फिजियोथेरापिस्ट र स्वास्थ्य सेवा व्यावसायिकहरूमा मुख्यमन्त्री प्रेमसिंह तामाङले हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उनले स्वास्थ्य सेवामा फिजियोथेरापीको महत्त्वपूर्ण स्थान रहेको बताउॅंदै यसले गतिशीलता पुनर्स्थापित गर्छ, स्वतन्त्रतालाई बढाउँछ र हरेक उमेरका मानिसहरूको जीवनस्तरलाई समृद्ध बनाउँछ भनी बताएका छन्।
आज सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्रीले विश्व फिजियोथेरापी दिवसको यस वर्षको थीम ‘हेल्दी एजिङ- रोल अफ् फिजियोथेरापी इन् ​फल्स एण्ड फ्रेलिटी’ माथि प्रकाश पार्दै यस थीमले वृद्धवृद्धाहरूलाई लड्नबाट रोक्न र कमजोरीलाई सम्बोधन गर्न यसको महत्त्वपूर्ण भूमिकालाई प्रकाश पार्दछ, जसले गर्दा उनीहरूलाई सक्रिय, सम्मानजनक र पूर्ण जीवन बिताउन सक्षम बनाउँछ भनी उल्लेख गरेका छन्।
उनले सिक्किममा पनि नागरिकहरू, विशेषगरि वरिष्ठ समुदायहरूको स्वास्थ्य हेरचाह र कल्याणको दिशामा फिजियोथेरापिस्टहरूले सराहनीय योगदान दिइरहेको बताएका छन्। उनले यस विशेष दिनमा मौन समर्पण र अथक प्रयासका साथ अनगिन्ती व्यक्तिहरूलाई निको हुन र उनीहरूको शक्ति पुनः प्राप्त गर्न मद्दत गरिरहेका फिजियोथेरापिस्टहरूप्रति कृतज्ञता व्यक्त गर्न आह्वान पनि गरेका छन्।
उनीहरूको प्रतिबद्धताले सिक्किमको भावना, लचिलोपन, करुणा र हेरचाहलाई प्रतिबिम्बित गर्दछ भन्दै उनले स्वस्थ, खुशी र अझ जीवन्त सिक्किमको लागि प्रयास गरौं भनी आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement