प्रेममा असफल छात्रले गरे जीवन लिला समाप्त

IMG-20240913-WA0012

गान्तोक: प्रेम सम्बन्ध असफल हुँदा १८ वर्षीय युवकले आत्महत्या गरेको दुखद घटना प्रकाशमा आएको छ। घटना दक्षिण सिक्किमको तिमी पुलिस थाना अन्तर्गत एउटा गाउँको हो। पुलिसको प्ररम्भिक जाँचमा थाहा लागेअनुसार युवकको हालै आफ्नो महिला मित्रसँग सम्बन्ध विच्छेद भएको थियो। जसको कारण उनी निक्कै विचल्लित बनेका थिए।
यसैबीच हिजो साँझ उनी पूर्व प्रेमिकासँग कुरा गर्न भनी उनको आदर्श गाउँस्थित किरायको कोठामा पुगेका थिए। तर, त्यस समय पूर्व प्रेमिका घरमा थिएनन्। त्यसपछि युवकले युवतीकी आमालाई फोन गरेर आफ्नो जीवन लिला समाप्त गर्ने बताएका थिए। युवकको त्यस्तो कुरा सुनेपछि आमाले छोरीलाई तत्कालन उनलाई भेट्न पठाएकी थिइन्। तर, उनी पुग्न अघि नै युवकले आफ्नो एकजना साथीको घरमा घाटीमा पासो लगाएर आत्महत्या गरिसकेका थिए।
तिमी पुलिसले भारतीय नागरिक सुरक्षा संहिताको धारा १९४ अन्तर्गत मामिला दर्ता गरेर घटनाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement