गेजिङ: गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज आदि कर्मयोगी पहललाई लिएर एक अभिमुखी कार्यक्रम आयोजन गरियो। जनजाति मामिला मन्त्रालयको पहलमा शुरू गरिएको आदि कर्मयोगी अभियानअन्तर्गत उक्त अभिमुखी कार्यक्रमको अध्यक्षता गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाले गरेका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य सहभागिहरूलाई एउटै मञ्चमा ल्याउनु रहेको थियो। यस अभियानले कर्मचारी साथै सरकारी अधिकारीहरूलाई असल प्रशासन, क्षमता विकास र जनजाति कल्याण हेतु काम गर्नमा सहयोग पुऱ्याउने छ। यस अवसरमा महकुमा अधिकारी, पुल्कित अधिकारी, शिक्षा विभागका अधिकारीहरु उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनको क्रममा जिल्लापाल डेञ्जोङपालले सरकारी योजनाहरू र कल्याणकारी उपायहरू जनजातिहरूमा प्रभावकारी रूपमा पुऱ्याउन सुनिश्चित गर्न सहयोगी दृष्टिकोणको आवश्यकतामाथि जोड दिए। उनले सहभागीहरूलाई नवीन अभ्यासहरू अप्नाउन, जवाफदेहिता कायम राख्न र जिल्लामा जनजातिहरूको कल्याणकारी पहलहरूलाई सुदृढ पार्न समर्पणका साथ काम गर्ने प्रोत्साहित गरे। सोही क्रममा कल्याण अधिकारी रोशन शर्माले अभियानलाई प्रभावकारी ढङ्गमा कार्यान्वयन सुनिश्चित गर्न सबै कर्मचारी साथै उच्च अधिकारीहरूले पहल गर्नुपर्ने आग्रह गरे। उनले खण्ड विकास अधिकारीहरूलाई ब्लक मिसन टोलीहरूसँग योजनाहरू तयार गर्न र ब्लक मास्टर ट्रेनरहरू प्रयोग गर्ने सुझाउ दिए। आगामी १०-१२ सेप्टेम्बरसम्मा यस विषयमाथि तीन दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजन गरिने पनि जानकारी गराए।