आईआईएस अधिकारी टोलीको पीआईबी कार्यालयको भ्रमण

IMG-20250908-WA0157

गान्तोक: भारतीय सूचना सेवाको ग्रुप ए-का १३ जना अधिकारी प्रशिक्षुको एक समूहले अखिल भारतीय भारत दर्शन अध्ययन भ्रमणअन्तर्गत आज गान्तोकस्थित पत्र सूचना कार्यालयको भ्रमण गरे। पत्र सूचना कार्यालय र आकाशवाणी समाचार गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले परम्परागत स्मृति चिन्ह भेंट गरेर अतिथि अधिकारीहरूलाई स्वागत जनाए। शर्माले अधिकारीहरूलाई पीआईबी र आकाशवाणी समाचारको चलिरहेका गतिविधिहरूबारेमा जानकारी दिए। उनले सिक्किममा मिडिया परिदृश्यको विस्तृत जानकारी पनि प्रदान गरे। गत एक वर्षमा पीआईबीद्वारा गरिएका विभिन्न कार्यशाला र गतिविधिहरूबारेमा जानकारी दिए। उनले पाँच वर्षको अन्तरालपछि जून महिनामा नथुला सिमानाको माध्यमद्वारा कैलाश मानसरोवर यात्रा पुनः शुरु भएको विषयमा आफ्नो अनुभव पनि साझा गरे। उनले सीबीसीसँगको समन्वयमा पीआईबीले सिक्किमका विभिन्न जिल्लाहरूमा सञ्चालन गरेको विकसित भारत २०४७ को विषयवस्तु अन्तर्गत विभिन्न आईसीओपीहरूबारेमा पनि जानकारी दिए। उनले सिक्किममा सरकारका कल्याणकारी योजनाहरूबारेमा यी आउटरिच कार्यक्रमहरू सञ्चालन भइरहेका उल्लेख गर्दै विभिन्न मिडिया प्लेटफर्महरूको माध्यमद्वारा सूचनाको प्रसार गर्ने प्रयास भइरहेको पनि बताए। प्रशिक्षु अधिकारीहरूको तर्फबाट किरण मुरलीले पीआईबी गान्तोकलाई स्वागतको लागि कृतज्ञता व्यक्त गरे। यस अवसरमा दुरदर्शन केन्द्र गान्तोककी कार्यक्रम प्रमुख जिकमित लेप्चा र आकाशवाणी गान्तोक र पीआईबीका अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement