गोरामुमो द्वारा ३७अाैं गोर्खाल्याण्डजनजागरण दिवस पालन

17-33-23-go3.jpg

टिस्टा भेल्ली: आज गोरामुमोले ३७अाैं गोर्खाल्याण्ड जनजागरण दिवस भव्य रुपमा पालन गर्यो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुबास घिसिङले आजको दिन २२ सेप्टेम्बरमा नै समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति टिस्टा भेल्ली सजनी डाँडामा अवस्थित दुर्गा मन्दिरमा पुजा अर्चना गरेर गोर्खाल्याण्ड आन्दोलनको शंखघोष गरेपछि गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति वृहत जन अन्दोलनको शुरूवात गरेका थिए। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस दिनलाई गोर्खाल्याण्ड जनजागरण दिवसको रूपमा पालन गर्दै आइरहेको छ। गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाले टिस्टा भेल्ली सजनी डाँडामा आज पत्रकारहरूलाई सम्बोधन गर्दै भने, सुबास घिसिङ अनि तपाईं हाम्रो सपना पुरा गर्न हामी लागिपरेका छौं। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले निरन्तर जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गर्दै आइरहेको छ, अवश्य नै हामी लक्ष्यमा पुग्ने छौं। यसको निम्ति तपाईं हामी पार्टीभन्दा माथि उठेर जातिको निम्ति कार्य गर्नुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement