पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड एफसी दार्जीलिङले सेमिफाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा सोमवार भएको म्याचमा युनाइटेड एफसी दार्जीलिङले यूडीएफसी दुधियाविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अभय थापाले २३औं, तिलक राईले ३२औं र पंकज थापाले ५३औं मिनटमा गोल गरे। यसरी यूडीएफसी दुधियाको तर्फबाट चिराग भुजेलले १९औं मिनटमा गोल गरे। पंकज थापाले प्लेयर अव् द म्याच को ट्रफी हासिल गरे। मंगलवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याच मा दमक फूटबल क्लब (नेपाल) र पुर्वेली युवा क्लब, नेपाल बीच पुनः भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ। यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।