सोनादा: टुंगो सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप चियाबारीको पक्का लाइन ग्राम सुधार समितिद्वारा क्षेत्रीय सभासद नुरी शेर्पालाई सम्वर्ध्दना जनाएको छ। यस कार्यक्रम सभासद नुरी शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा दिपेन भुजेल अनि समाजका पदाधिकारीहरु उपस्थित रहेका थिए। यस अवसरमा सभासद नुरी शेर्पाले समाजको वाल निर्माण गरि दिएकोमा आभार प्रकट गरेका छन्। यस अवसरमा पक्का लाईन ग्राम सुधार समितिको सभापति विनय कोटी र सचिव सुनिल थामीले समाजको तर्फबाट टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पालाई सम्वर्ध्दना जनाइएको छ। यस अवसरमा आफ्नो सम्बोधनमा क्षेत्रीय सभासद नुरी शेर्पाले हामी मिलेर काम गर्नुपर्छ र सुझ बजझमा काम गर्नपर्छ भनी सुझाव दिएका छन्। उनले कुन पार्टीले जे गर्यो भन्ने होइन तर समाजको लागि कसले के योगदान दिएको छ त्यो महत्वपूर्ण रहेको छ भन्दै हामी सबै मिलेर समाजको लागि मिलेर योगदान दिनुपर्छ भनी बताएका छन्। उनले यहाँ सबै मिलेर धेरै विकासका कार्यहरू गर्दै जानुपर्छ भनी बताएका छन्।