विश्व फिजियोथेरापी दिवसको अवसरमा खरसाङमा बढ्दो उमेरमा स्वास्थ्य सुरक्षा विषयमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20250908-WA0134

खरसाङ: विश्व फिजियोथेरापी दिवसको अवसरमा खरसाङमा बढ्दो उमेरमा स्वास्थ्य सुरक्षा र स्वास्थ्य विषयमा हेरचाह विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खरसाङको नयाँ बजारस्थित डा. अम्बिका लामाको क्लिनिकमा सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रमलाई वरिष्ठ साहित्यकार एंव समाजसेवी आशा मुखिया लामाले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा डा. अम्बिका लामा र आशा मुखिया लामाले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रमको शुरुमा विश्व फिजियोथेरापी दिवसको विषयमा जानकारी गराइएको थियो। कार्यक्रममा फिजियोथेरापी विषयहरुमा डाक्टरहरुले सचेतना गराउनुको साथै विभिन्न विषयमा जानकारीमूलक वक्तव्य राख्नुको साथै सचेतना गराएका थिए। यस क्रममा फिजियोथेरापिस्ट डा. रिक्सिता थापाले बढ्दो उमेरमा स्वास्थ्य सुरक्षा र स्वास्थ्यमा कमजोरी र दुर्बलता कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए। त्यसरी नै अर्का फिजियोथेरापिस्ट डा. रमन फुर्बा तामाङले कम्मर दुख्ने समस्या र यसको उपचार साथै यसको उपचारमा फिजियोथेरापीको भूमिका विषयमा सचेतना गराएका थिए। यसै क्रममा थिजियोथेरापिस्ट डा. नेहारिका थापाले घुडा दुख्ने बिमारी र यसको निवारण विषयमा सचेतना गराएका थिए। कार्यक्रममा आयोजक फिजियोथेरापिस्ट डा. अम्बिका लामाले उच्च रक्तचाप र मधुमेह विषयमा जानकारी गराउँदै यसको उपचार र फिजियोथेरापीको‌ भूमिका विषयमा विस्तृत जानकारीसहित सचेतना गराएका थिए। चारैजना डाक्टरहरुले विश्व फिजियोथेरापी दिवसको अवसरमा यसको महत्व र बढ्दो उमेरमा यसको मुख्य भूमिका विषयमा जानकारीसहित सचेतना गराएका थिए। कार्यक्रममा खरसाङ क्षेत्रका वरिष्ठ नागरिकहरु साथै फिजियोथेरापी गराईरहेका बिमारीहरु उपस्थित रहेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै फिजियोथेरापिस्ट डा अम्बिका लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले विश्व फिजियोथेरापी दिवसको अवसरमा आफ्नै क्लिनिकमा सानो सचेतना कार्यक्रम आयोजना गरेको बताउँदै यस कार्यक्रममा बढ्दो उमेरमा कसरी स्वास्थ्य सुरक्षा र स्वास्थ्य हेरचाह गर्न सकिन्छ भन्ने विषयमा सचेतना गराउने कार्य गरिएको जानकारी गराएका छन्। उनले बताए अनुसार यस सचेतना कार्यक्रममा चारजना फिजियोथेरापिस्ट डाक्टरहरुले विभिन्न विषयहरुमा सचेतना गराएका छन्।

डा. अम्बिका लामाले भनिन्, ‘८ सेप्टेम्बर विश्वभरि नै विश्व फिजियोथेरापी दिवस पालन गरिन्छ र यसै अवसरमा फिजियोथेरापीको माध्यमबाट कसरी स्वास्थ्य सुरक्षा र स्वास्थ्य हेरचाह गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन सचेतना कार्यक्रम आयोजना गरिएको छ। किनभने मानिसहरुले दबाई खाएर मात्र बिमारी जाती हुन्छ भन्ने सोचेका छन् तर फिजियोथेरापी र व्यायाम पनि महत्वपूर्ण हुन्छ। स्वास्थ्यको लागि फिजियोथेरापीको भूमिका पनि महत्वपूर्ण रहेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement