हाफथर ब्योर्नसनको डेडलिफ्टमा वर्ल्ड रेकर्ड

IMG-20250908-WA0114

बर्मिंघम: गेम अव् थ्रोन्स-मा ग्रेगर क्लेगने या द माउण्टेन-को भूमिका निर्वाह गरिसकेका आइसल्याण्डका एथलीट तथा अभिनेता हाफथर ब्योर्नसनले एकपल्ट फेरि आफ्नो ताकतको असाधारण नमूना पेश गरेका छन्। ब्योर्नसनले बर्मिंंघममा आयोजित स्ट्रंगम्यान २०२५ प्रतियोगिताको अवधि ५१० किलोग्राम (११२४ पाउण्ड) डेडलिफ्ट उचालेर नयाँ वर्ल्ड रेकर्ड बनाए। उनले आफ्नै पुरानो रेकर्ड तोड़े, जुन उनले २०२०-मा ५०५ किलोग्राम (१११३ पाउण्ट)-को थियो। ब्योर्नसनले पहिला पनि चमत्कारी प्रदर्शनहरू गरिसकेका छन्। उनले २०१८-मा वर्ल्ड्स स्ट्रंगेस्ट म्यान (विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति)-को खिताब जितेका थिए। आफ्नो ताकत र रेकर्ड तोड़्ने लिफ्टले गर्दा उनी वेटलिफ्टिंग र स्ट्रंगम्यान प्रतियोगिताहरूमा पहिलादेखि नै चर्चित छन्। यसपाली ५१० किलोग्रामको ओजन उठाउँदा पनि ब्योर्नसनलाई धेरै सहज देखियो। प्रशंसकहरूले उनले यसभन्दा पनि अधिक ओजन उठाउन सक्ने मत व्यक्त गरेका छन्। आफ्नो यूट्यूब च्यानलमा शेयर गरेको एउटा भीडियोमा ब्योर्नसनले भनेका छन्, ५१० किलोग्रामको ओजन सजिलै उठाउन सकियो भने त्यसभन्दा अधिक ओजन उठाउन सकिँदैन भनेर धेरैले प्रश्न गरिरहेका छन्। ईमानदारीपूर्वक भन्नु पर्दा सकिनेछैन। उनले बताएअनुसार, यो सोचविचार गरेर लिइएको फसेला हो कारण यस प्रतियोगितामा अझ केही स्पर्धा हुनेछ। उनको लक्ष्य रेकर्ड तोड़्नु मात्र नभएर पूरा प्रतियोगिता जित्ने रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement