दार्जीलिङ: हाई पावर टोली शीध्र दिल्ली र कोलकता पठाउनु पर्ने मांग गर्दै अजयले अनितलाई पठायो पत्र। गत १९ सेप्टेम्बरको दिन सम्पन्न भएको जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने कार्य भएपछि हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डस लगायत अन्य सभासदहरूले जीटीए सभामा गोर्खाल्याण्ड प्रस्ताव पारित मात्र गरेर हुँदैन, पारित गरिएको उक्त प्रस्ताव प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह,भाजपाको राष्ट्रीय अध्यक्ष जे पी नडडा, राज्यको मुख्यमन्त्री ममता ब्यानर्जी आदिसँग भेटेर सोम्पिनु पर्ने मांगहरू गर्दै आइरहेका छन। यसै विषयमाथि हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले जीटीए चीफ अनित थापालाई पत्रचार गर्ने अनि जानकारी गराएका थिए। हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले आज बिहान ११ बजी जीटीए मुख्यलय लाल कोठी स्थित जीटीए चीफ अनित थापाको कार्यालयमा एक पत्र पठाएका छन्। पत्रमा अजय एडवार्डसले गोर्खाल्याण्ड प्रत्येक गोर्खाहरूको मुटुको ढुकढुकी हो अनि गत १९ सेप्टेम्बरको दिन सम्पन्न भएको जीटीए सभाको सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गरियो। गोर्खाल्याण्डको प्रस्तावलाई हामी सवै सभासदहरूले अन्तरात्माबाट समर्थन गरेका थियौ अनि छौ तर गोर्खाल्याण्डको प्रस्ताव जीटीए सभामा मात्र पारित गरेर हुँदैन, यसलाई कार्य रूप दिनुलाई हाई पावर टोली दिल्ली र कोलकता पठाउनु पर्ने अनि राष्ट्रपति, प्रधानमन्त्री, केन्द्रीय गृहमन्त्री,राज्यकी मुख्यमन्त्रीसँग पनि भेट गरेर उक्त प्रस्तावको प्रतिलिपि सोम्पिनु पर्छ भन्ने पत्रमा मांग गरेको छ। यसको लागि दशै तिहार पर्खिनु हुँदैन अविलम्ब कदम उठाउनु पर्ने एडवार्डसले आफ्नो पत्रमा उल्लेख गरेको छ।हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले अघि भने १९ सेप्टेम्बरको जीटीए सभामा हामीले देशको संविधान भन्दा ठूलो कोही छैन भन्ने जानकारी गराउँदै राज्यको परिवहन मन्त्रालयले भर्खरै जारी गरेको अधि सूचनामा जीटीएको सभासदहरूले आफ्नो गाडीमा नीलो बती लगाउनु पाउँछ भन्ने कही कताई उल्लेख नरहेको तिनले बताए। पुलिस अधिक्षक,जिल्लाकारी,मन्त्री मण्डलको मन्त्रीहरू,जीटीए चीफले लगाउँछ सक्छ किन भने उनी क्याविनेट स्तरमा आउँछ तर अरूलाई नीलो बती लगाउने अनुमति नरहेको एडवार्डसले बताए। जारी गरिएको अधिसूचनामा नगरपार्षद,पालिका चेयरम्यानहरू लगाउँछ तर कुनै प्राकृतिक प्रकोप आएको समय उनीहरूले आफ्नो क्षेत्रभित्र लगाउन सक्छ भन्ने उल्लेख गरेको छ। जीटीए चीफ अनित थापा दाजुले आफ्नो गाडीमा नीलो बती लगाउन सक्छ तर उनले लगाएको छैन। अनित थापाले बारम्बार स्टिमको कुराहरू गर्ने गर्छन तर यहाँ चैपट राज चलिरहेको हाम्रो पार्टी अध्यक्ष एंव सभासद एडवार्डसले बताए।