सिक्किममै तयार दुई बालीबारे समीक्षा बैठक

IMG-20250907-WA0121

गान्तोक: आईसीएआर सिक्किम केन्द्रले दक्षिण सिक्किमअन्तर्गत सुम्बुक र रबिटार गाउँका प्रगतिशील किसानहरुको खेतमा सिक्किम धान-१ र सिक्किम अर्गेनिक चिराकी चयन-१ को फ्रन्ट लाइन डेमोन्स्ट्रेशन समीक्षा गऱ्यो। उक्त अवसरमा आईसीएआरद्वारा विकास गरिएको दुवै उपजमाथि छलफल गरिएको थियो। दुवै उत्पाद स्थानीय अध्ययनको रुपमा तयार भएको र २०२४ मा सिक्किममा खेतीका लागि जारी गरिएको जानकारी प्रेस बयानमा गरेको छ। जसले कृषि र सहकार्य विभागलाई सहयोग पुऱ्याउने आशा गरेको छ। उक्त उपलव्धी सिक्किम केन्द्रको मुख्य परियोजना रहेको छ। डा. रामगोपाल देवदासले प्राविधिक कर्मचारी प्रीतम झाको साथमा किसानको खेतमा गएर भेराइटीको बोटविकास र बोटमा देखिएका कीट र रोगहरूको निरीक्षण गरेको थियो। दुर्गाप्रसाद प्रधानले ‘सिक्किम धान-१’ अनिल कुमार रायले सुम्बुक गाउँमा अध्ययन गरेका थिए। पेम्बा छिरिङ लेप्चाको टोलीले पनि सहकार्य गरेका थिए। मुख्य कीट र रोगबाट मुक्त फसल र धानको पातमा लाग्ने कीटबारे पनि सोध गरेका थिए। यो कार्यक्रम दक्षिण सिक्किमको कृषि विज्ञान केन्द्रद्वारा गत ४ वर्षदेखि समन्वय गरिएको थियो। यस अवसरमा, किसानलाई आगामी रबी सिजनका लागि मौसमी बीउ र अर्गेनिक मल पनि प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement