मंगन: यहाँको रिङहिम रिक्जिङ छोलिङ गुम्बामा पनि पाङ ल्हाबोसोल पर्व पालन गरियो। यस गुम्बामा पछिल्ला २५ वर्षदेखि निरन्तर यो पर्व पालन गरिने गरेको छ भने यस वर्षको कार्यक्रम रजत जयन्तीको रुपमा आयोजना गरिको थियो। कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री सामडुप लेप्चा, पूर्व राज्यसभा सांसद हिस्से लाचुङ्गपा, जिल्ला अध्यक्ष कादो लोप्चा साथै अन्यको विशेष उपस्थिति रहेको थियो।
पाङ ल्हाबसोल समारोह आयोजक समितिद्वारा आयोजित कार्यक्रममा पारम्परिक पूजा साथै पाङटोयड छाम (योद्धा नृत्य) मुख्य आकर्षण रहेको छ।