खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २८ नम्बर समष्टिकाे पञ्चयाती क्षेत्रकाे कार्यकारी सदस्यहरुकाे एउटा जरुरी सभा समष्टी सभापति एवं सभासद श्याम शेर्पाको अध्यक्षतामा सम्पन्न भयो। सभाकाे मुख्य विषय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे आगामी ९ सेप्टेम्बरमा मङ्पुमा हुने पाँचौ स्थापना दिवसलाई लिएर आयोजना गरिएको थियो। सभामा समष्टिकाे सबै क्षेत्रबाट मङपु जाने निर्णय लिइएको बताइएको छ। सभामा सबैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रमुख अनित थापाको प्रशंसा गर्दै उनले गरेको कार्यकाे पनि प्रशंसा गरेको बताइएको छ। २८ नम्बर समष्टिकाे तर्फबाट ९ सेप्टेम्बरमा सबैजना मङ्पू जाने अनुरोध गरिएको छ भने पाँचौ स्थापना दिवसको उपलक्ष्यमा भागोप्रमो अध्यक्ष अनित थापा साथै सबैलाई शुभकामना व्यक्त गरिएको जानकारी प्राप्त भएको छ।