समाजद्वारा मेधावी विद्यार्थी भाष्कर उपाद्ययलाई सम्वर्ध्दना

IMG-20250907-WA0116

तीनधारे: प्रत्येक वर्ष झैँ यस वर्ष पनि तीनधारेको गैरी गाउँस्थित गोदावरी सङ्घद्वारा मेधावी छात्र छात्राहरूलाई प्रोत्साहन दिन हेतु संघ भवनमा सम्वर्ध्दना कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व शिक्षक विक्रम मंगर उपस्थित रहेका थिए भने संघका पदाधिकारीहरूको साथै संघका सदस्यहरू उपस्थित थिए। यस वर्षको मेधावी छात्र भास्कर उपाध्यायले स्नातक परीक्षामा‌ ७३ प्रतिशत अङ्क प्राप्त गरेर उत्तीर्ण भएको उपलक्ष्यमा उनलाई संघको तर्फबाट सम्वर्ध्दना जनाइएको छ। उनलाई सभापतिद्वारा प्रशंसा पत्र अनि प्रमुख अतिथिको बाहुलीबाट खदा र माल्यार्पण साथै उपहार प्रदान गरिएको छ। कार्यक्रममा उपस्थित सदस्यहरूले पनि भाष्कर उपाद्ययलाई खदार्पण गरे। कार्यक्रममा अरमान राईद्वारा गीत प्रस्तुत गरिएको थियो भने स्मृति तामाङले आफ्नो नृत्य प्रस्तुत गरेका‌ थिए। अन्त्यमा सभापतिले आफ्नो सम्भाषण राख्दै सबैलाई धन्यवाद दएका थिए। कार्यक्रमको सञ्चालन गोदावरी संघको सचिव नारायण ब्राह्मणले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement