खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाडीधुरास्थित गाडीधुरा नवदीप परिवारको तत्वधानमा आज गाडीधुरा बजार सार्वजनिक भवनमा यस क्षेत्रको संघ-संस्थाहरू, शैक्षिक संस्थानका शिक्षक -शिक्षिका, स्वास्थ्य विभागका कर्मचारी, स्वनिर्भर दल, वन विभागका कर्मचारी, गाडीधुरा पुलिस आउट पोस्टका प्रभारी, गाडीधुरा क्षेत्रका ग्राम पञ्चायतका सदस्यगण, खरसाङ खण्ड पञ्चायत समितिका सदस्य साथै गाउका विशिष्ट व्यक्तिको उपस्थितिमा एक जरूरी सभाको आयोजना गरियो। आजको सभा विशेषगरी हाल समाजमा देखिएको विभिन्न समस्याहरूलाई जस्तै लागु पर्दाथ सेवन, बाल हिंसा, यौन शोषण जस्ता विषयलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारे थियो। आजको सभा उपस्थित सदस्यहरूले गहन चर्चा एवं छलफलपछि गाडीधुरालाई समाजमा देखिएको यस्ता प्रकोपबाट सुरक्षित राख्न उपस्थित सम्पूर्ण संघ-संस्थाका प्रतिनिधि, पुलिस प्रसाशन, स्वास्थ्य विभागका प्रतिनिधि, स्वनिर्भर दलका प्रतिनिधि, शिक्षक -शिक्षिका आदिलाई लिएर गाडीधुरा सुरक्षा समन्वय समिति गठन गरियो।

यस समितिले अब उसो गाडीधुरा क्षेत्रको सुरक्षाको निम्ति कार्य गर्ने साथै यस क्षेत्रलाई नशा मुक्त बनाउन कार्य गर्ने प्रस्ताव पारित गरियो। आजको सभालाई गाडीधुरा नवदीप परिवारका सभापति गोबिन्द आचार्यको सभापतित्वमा सम्पन्न गरिएको थियो भने सभालाई संघका सदस्य निरज रूम्बाले सञ्चालन गरेका थिए।