“डुवर्समा आयोजित ‘इन्द्रजात्रा महोत्सवमा खरसाङ आञ्चलिक समितिको प्रतिनिधिहरुको सहभागिता

IMG-20250907-WA0111

बीरपाडा: अखिल भारतीय नेवार संगठनले गत वर्ष झैं यसवर्ष पश्चिम बंगाल राज्यमा प्रथम “इन्द्रजात्रा महोत्सव” बीरपाडा स्कूल खेल मैदानमा भव्य एवं सव्य रूपमा सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको प्रतिनिधिहरु उपस्थित रहेका थिए। उक्त तीन दिने कार्यक्रमको अन्तिम दिन पूजा अर्चनापछि इन्द्रजात्राको रथ व्यापक रूपमा नेवार समुदायको उपस्थितिमा बीरपाडा शहर परिक्रमा गरेर स्कूल खेल मैदानमा नेवारी सांस्कृतिक कार्यक्रम साथै सम्मान जनाउने कार्यहरू पनि गरियो। उक्त कार्यक्रमको मुख्य अथिति रूपमा अखिल भारतीय नेवार संगठनको केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधान रहेका थिए। यस कार्यक्रममा नेवार सांस्कृतिक लाखे नृत्य, कुमारी रथ यात्रा लगायत अन्य परम्परागत नेवारी कार्यक्रमहरु आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल, दार्जिलिङ क्षेत्रबाट आएका नेवार जातिको विज्ञ, इतिहासकार, प्रतिनिधिहरु उपस्थित रहेका थिए।

कार्यक्रममा काठमाडौँबाट आएका विज्ञ डा. विधु प्रकाश कायस्थलले इन्द्रजात्रा, नेवार समुदायको महत्वपूर्ण पर्व रहेको बताउँदै नेवार भाषामा यसको शाब्दिक अर्थ बताएका थिए। यस कार्यक्रममा खरसाङ आञ्चलिक समितिको सचिव सुवास प्रधान लगायत अन्य प्रतिनिधिहरु उपस्थित रहेका थिए।‌ यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङबाट गएका गणेश प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement