भारतीय मानवाधिकार एशोसिएसनद्वारा एसआईआर दस्तावेजमाथि जनचेतना कार्यक्रम सम्पन्न

IMG-20250907-WA0107

हामी संविधानका रक्षक हौँ। संविधानले दिएको मानिसको जन्मदेखि मृत्युसम्मको हक अनि अधिकार दिलाउन कार्यरत छौं: राहगीर फजल

खरसाङ: भारतीय मानवाधिकार एशोसिएसनले आईतबार खरसाङको गिद्धे पहाडस्थित डीआरसी सामूहिक भवनमा एसआईआर दस्तावेज विषयमाथि एउटा जानकारीमूलक कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा अप्पर सिरुवारी, तामाङ संस्था, समाज सेवा समिति अनि अग्रिम वेलफेयर सोसाइटीका सदस्यहरु उपस्थित थिए। यसको साथमा घैयाबारी एक ग्राम पञ्चायतका उप प्रधान आशिष छेत्रीको उपस्थिति रहेको थियो। मुख्य अतिथिको रूपमा उपस्थित रहनु भएका भारतीय मानवाधिकार एशोसिएसनका राष्ट्रिय विधिक सचिव राहगीर फजलले भने, “हामी संविधानका रक्षक हौँ। संविधानले दिएको मानिसको जन्मदेखि मृत्युसम्मको हक अनि अधिकार दिलाउन कार्यरत छौं। भारतीय मानवाधिकार एशोसिएसनको उद्देश्य उत्पीडनमुक्त भारत बनाउनु चाहान्छौं। अधिकारको जानकारी दिने काम हाम्रो हो भने आफ्नो अधिकार खोज्ने कर्तव्य तपाईंको हो। हामी कसैको अधिकार हनन दिने छैनौं।”
फजलले एसआईआर दस्तावेजमाथि बोल्दै भने, “भोटर कार्डको दुरूपयोग पनि हुँदैछ।त्यसको कारण पनि एसआईआर लागू गरिएको भन्छन्। यदि कसैकाे जन्म प्रमाण पत्र, माध्यमिक परीक्षाको सर्टिफिकेट छैन भने कानुनी तरिकाले बनाउनु सकिन्छ। त्यसैले डराउने काम नै छैन।”
उनले थप भने, “हामीले हाम्रो नागरिकताको प्रमाण दिनु पर्ने कुनै आवश्यकता नै छैन। संविधानले हामीलाई नागरिकताको हक दिएको छ। तर त्यसको निम्ति हामीले प्रमाण पत्र प्रस्तुत गर्नुपर्छ। हामी यस मुद्दामा केन्द्रिय स्तरमा कार्य गरिरहेका छौ।”
एसआईआरमा सूची गरिएको दस्तावेजमाथि विस्तारपूर्वक आजको कार्यक्रममा जानकारी दिने क्रममा एशोसिएसनका राज्य मिडिया प्रभारी ज्योति मुखियाले भने, “कुनै पनि देशको नागरिकको भोट दिने अधिकार , देशको संविधानले दिएको हक अनि अधिकार हो। एसआईआरमार्फत देशका खाँट्टी नागरिकलाई मात्र मतदाता सूचीमा गाँभिने यो शुद्धीकरणको अभियान सराहनीय छ। तर पहाडको अधिकांश नागरिकहरुमा दस्तावेज विषय प्रथम राम्रो जानकारी पनि छैन साथै दस्तावेज आफूसँग सुरक्षित पनि छैन। त्यसैले उहाँहरू मतदाताको सुचिमा नपर्नु सक्ने धेरै सम्भावना छ। उहाँहरू किनाराकृत नबनुन भनेर नै आज एसआईआरमा चाहिने दस्तावेज साथै अन्य दस्तावेजमाथि जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको हो।”
कार्यक्रममा राजकुमार सिंहले भने, “वर्तमान सरकारले दस्तावेजहरु जस्तै जन्म मृत्यु पत्र, घरको कागजहरुको डिजिटलाइजौशन गर्न थालेको छ। त्यो अन्योलता मेटाउनु पनि आजको जनचेतना कार्यक्रम राखिएको हो।”
आशिष क्षेत्री उप प्रधान, घैयाबारी १ ले भने, “एसआईआर-लाई हामीले भोलिको दिन सामना गर्नु नै पर्छ। हाम्रो मान्छेकोमा आफ्नै जग्गा जमीनको दस्तावेजको पनि समस्या छ। दस्तावेज बनाउनु धेरै कठिन छ। पञ्चायतले दस्तावेज बनाउनु सहयोग गरिरहेको छ।”
कार्यक्रममा मानवअधिकारका सदस्यहरूलाई परिचय पत्र पनि वितरण गरियो। कार्यक्रमलाई दिव्यतम अधिकारीले सञ्चालन गरेका थिए। राज्यका सचिव पंकज गुप्ताले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष सरोज चौहानले धन्यवाद ज्ञापन राखेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement