मेरो दुईवटा पुस्तक प्रकाशित भएपछि भोगेका तीता-मीठा अनुभवहरू

00-ML-Pancham-Book

अचानक भयावह अग्निकाण्ड भयो। यस अग्निकाण्डको चपेटमा परेर मसित रहल सम्पूर्ण शायरीका किताबहरू जलेर स्वाहा भएर गयो

१७ फरवरी १९८६ को दिन मैले हिन्दी भाषामा लेखेका पहिलो पुस्तक ‘मुरारी की शायरी’ – प्रकाशित भएको थियो। यो शायरीको किताब प्रकाशित भएपछि बिस्तार बिस्तार पाठकहरू समक्ष पुग्न थालेको थियो। मैले छपाएको एक हजार किताबमा लगभग पाँच सय जति एक महिनाभित्र पाठकहरू समक्ष पुगिसकेको थियो। यसै बीच ‘मुरारी की शायरी’ नामक पुस्तक प्रकाशित भएको एक महीना ६ दिनपछि खरसाङ बजारमा २३ मार्च-१९८६ सालको दिन अचानक भयावह अग्निकाण्ड भयो। यस अग्निकाण्डको चपेटमा परेर मसित रहल सम्पूर्ण शायरीका किताबहरू जलेर स्वाहा भएर गयो। यसपछि यसलाई पुन: प्रकाशन गर्न सकिएन। मन खिन्न भएर गएपनि मेरो शायरीको लेखन लगातार जारी नै रह्यो।

यसपछि लगभग ३० वर्षपछि मैले नेपाली भाषामा ‘समर्पण’ नामक दोस्रो पुस्तक लेखें। ३५ वटा लेख-रचना समावेश रहेको यस पुस्तकलाई मेरो स्वर्गीय पिता रामदिनेश्वर प्रसादको १२ औं पूण्य तिथिमा २५ मई-२०१७ को दिन प्रकाशित गरियो। यस पुस्तक विमोचनको कार्यक्रमलाई दार्जीलिङ पहाड़ी क्षेत्रका ख्यातिप्राप्त नमस्ते खरसाङ च्यानलबाट सोझै प्रसारण गरियो। यस उपरान्त अन्य कतिपय च्यानलहरूबाट पनि यस विमोचन कार्यक्रमलाई देखाइयो। नेपालबाट संचालन गरिने ‘आठै प्रहर’ नामक न्यूज पोर्टलमा पनि यसको खबर दार्जीलिङ पहाड़ी क्षेत्रका वरिष्ठ पत्रकार सञ्जय प्रधानद्वारा समावेश गरिएको थियो। सिलगढी अनि सिक्किमबाट प्रकाशित गरिने विविध हिन्दी, नेपाली अनि अंग्रेजी समाचार पत्रहरूमा पनि यसको खबर प्रकाशित भएको थियो। आजको कम्प्यूटर अनि इन्टरनेटको युगमा प्रचार-प्रसार राम्रै हुँदै थियो। पाठकहरू समक्ष यो पुस्तक पुग्न थालेको थियो। सबै कुरो ठीक-ठाक चल्दै थियो।

यसै बीच अलग राज्य गोर्खाल्याण्डको मागलाई लिएर अचानक जून २०१७ देखि १०४ दिवसीय दार्जीलिङ पहाड़ बन्द हुन पुग्यो। यो बन्द भएपछि पाठकहरू समक्ष यो पुस्तक पुर्याउन सकिएन। पछि दार्जीलिङ पहाड़ शान्त भएपछि बिस्तार बिस्तार यो पुस्तक पाठकहरू समक्ष पुर्याउने प्रयास गरियो। हिन्दी अनि नेपाली भाषामा मैले अहिलेसम्म आफ्नो जीवन कालमा दुइवटा पुस्तकहरू लेखेको छु। तर दुवै पुस्तकहरू प्रकाशित भएपछि यसरी विविध असुविधाहरूको सामना मैले गर्न परेपनि म निराश भइन्। मेरो लेखनकला जारी नै छ।

(लेखक दार्जीलिङ पहाडी भेकका सुपरिचित पत्रकार हुन्)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *