पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा शनिवार भएको म्याचमा केएफसी-ले एकाडमी नाइट्स (एके), गान्तोकविरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल मुनु सौरियाले ४२औं मिनटमा गरे। मनु सौरियाले प्लेयर अव् द म्याचको ट्रफी हासिल गरे।

आइतवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा दमक फूटबल क्लब, नेपाल र पुर्वेली युवा क्लब, नेपाल बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ।

यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।