शुभमन गिल असल टी२० खेलाड़ी साबित हुने गावस्करको दावी

IMG-20250906-WA0148

नयाँ दिल्ली: महान भारतीय क्रिकेटर सुनिल गावस्कर टी२० इण्टरनेशनल प्रारूपमा शुभमन गिलको एशिया कपको निम्ति भारतीय टीममा आगमनले आश्चर्यचकित छैनन्। गिललाई एशिया कपको टीममा स्थान दिइँदा धेरैले आश्चर्य व्यक्त गरेका थिए कारण उनले जुलाई २०२४ पछि यस प्रारूपमा कुनै म्याच खेलेका छैनन्। एशिया कपको निम्ति चयन गरिएको टीममा २५ वर्षीय गिललाई उपकप्तान पनि बनाइएको छ। एशिया कपको निम्ति भारतीय टीममा गिलको स्थानलाई लिएर गावस्करलाई कुनै सन्देह छैन, जसले ईंग्ल्याण्डमा भएको टेस्ट सीरीजमा रनको वर्षा गरेका थिए। गावस्करले भने, आईपीएलमा गिलले जसरी टी२० प्रारूपमा ब्याटिंग गरे त्यसलाई ध्यानमा राखेर उनको निम्ति राष्ट्रिय टीमबाट खेल्नु ठूलो कुरा होइन। आईपीएलमा टी२० प्रारूपमा उनी सफल रहेका छन्। उनमा टी२० प्रारूपमा असल प्रदर्शन गर्ने क्षमता रहेको कुरामा कुनै सन्देह छैन। हालै ईंग्ल्याण्डविरुद्ध खेलिएको टेस्ट सीरीजमा पनि उनले ७५० भन्दा अधिक रन बनाएका थिए। यो उनको निम्ति असल संकेत हो। यसको साथमा गावस्करले भारतलाई एशिया कप जित्ने प्रबल दावेदार बताउँदै भने, भारतले आफ्नो सबै म्याच आरामसँग जित्न नसके मलाई आश्चर्य हुनेछ। भारतले पाकिस्तानसँग मात्र नभएर बंग्लादेश, अफगानिस्तान र श्रीलंकासँग पनि म्याच खेल्नेछ। यस टीमले आफ्नो सबै म्याच सजिलै जित्ने आशा छ कारण भारतीय टीम गत केही सालदेखि असाधारण फर्ममा रहेको छ। उल्लेखनीय छ, एशिया कपमा भारतको पहिलो म्याच १० सेप्टेम्बरमा आयोजक यूएई-विरुद्ध रहेको छ। त्यसपछि १४ सेप्टेम्बरमा पाकिस्तानविरुद्ध म्याच रहेको छ। भारतको अन्तिम ग्रुप म्याच १९ सेप्टेम्बरमा ओमानविरुद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement