गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले पवित्र पाङ ल्हाब्सोल पर्वको अवसरमा सिक्किमबासीहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमा यस पर्वले सांस्कृतिक र धार्मिक सम्पदामा विशेष स्थान ओगटेको उल्लेख गर्दै यसले सिक्किमका संरक्षक देवता हिमाल कञ्चनजङ्घाको पूजा–अर्चना गरिने बताएका छन्। यसले काबी लुङ्चोकमा सम्पन्न लेप्चा र भोटिया समुदायबीचको ऐतिहासिक दाजुभाइको सम्बन्धलाई पनि स्मरण गगराउने बताए। यस अवसरमा सिक्किमको संरक्षक देवताप्रति प्रार्थना गर्दै सिक्किममा सधैं शान्ति, एकता र सद्भाव कायम रहने विश्वास व्यक्त गरेका छन्।