देन्ताम चिकित्सक हमला काण्ड, स्वास्थ्यकर्मीहरुद्वारा सुरक्षाको माग

IMG-20250906-WA0116

गेजिङ: गत ५ सेप्टेम्बर साँझ देन्ताम प्राथमिक स्वास्थ्य केन्द्रमा ड्युटीमा रहेका एक चिकित्सकमाथि शारीरिक तथा मौखिक आक्रमण भएको घटना सार्वजनिक भएपछि विभिन्न प्रतिक्रिया उठ्न थालेको छ। साँझ करिब ८ बजीतिर भएको उक्त घटनामा उपचारका लागि आएका एक बिरामीलाई स्वास्थ्य परीक्षण गरी थप उपचारको लागि गेजिङ जिल्ला अस्पतालमा रेफर गरिएको थियो। सो क्रममा बिरामीको साथमा आएका दुईजना सहयोगीहरूले मदिरा सेवन गरेको अवस्थामा चिकित्सकमाथि अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोप छ। पुलिस पक्षले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
गेजिङ जिल्ला पुलिस कार्यालयका एक अधिकारीकाअनुसार स्वास्थ्य सेवामा बाधा पुर्याजउने खालका गतिविधिलाई गम्भीरतापूर्वक लिइनेछ र दोषीमाथि कानुनी कारवाही हुनेछ। देन्ताम स्वास्थ्य केन्द्र प्रशासनले चिकित्सकमाथि भएको आक्रमणप्रति दुःख प्रकट गर्दै स्वास्थ्यकर्मीहरूको सुरक्षालाई प्राथमिकतामा राख्ने आग्रह गरेको छ।
अस्पतालमा बिरामीलाई सेवा दिने वातावरणमा डर र त्रास सृजना हुने कुनै पनि घटना अस्वीकार्य हुने बताएका छन्। यसबीच, स्थानीयवासीहरूले घटनाप्रति आक्रोश व्यक्त गर्दै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीप्रति सम्मान कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूले स्वास्थ्य सेवा जीवनरक्षक कार्य हो, त्यसलाई राजनीतिक वा व्यक्तिगत रिसइबीले बाधा पुर्या उन नहुने आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement