सी बक्स पोर्टल र पोक्सो ऐनमाथि सचेतना कार्यक्रम

IMG-20250906-WA0115

गान्तोक: उत्तर जिल्लाको जङ्गुको खण्ड प्रशासनिक केन्द्रमा दस दिवसीय संकल्प अभियानको एक भागकोरूपमा सी बक्स पोर्टल र पोक्सो ऐनलाई लिएर सचेतना कार्यक्रम आयोजन गरियो। बीएसी जङगु र जङ्गु ट्राइबल प्रोजेक्टको संयुक्त पहलमा आयोजन गरिएको कार्यक्रममा जङ्गुका खण्ड विकास अधिकारी डा. महेन्द्र तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने साथमा लिङदोङ बर्फोक ग्राम पञ्चायत यूनिटका पञ्चायत अध्यक्ष, एसबीएलका सदस्यहरू लगायत आम मानिसहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला बाल संरक्षण अधिकारी विन्डी मेर लेप्चाले पोक्सो ऐन २०१३ बारेमा विस्तृतरूपमा जानकारी गराइन्। विशेष गरेर लेप्चाले महिलाहरूको कार्यस्थलमा कार्यस्थलमा यौन उत्पीडनको बढदो मुद्दाहरूबारे अवगत गराइन्। सोही प्रकारले पार्षद मेयमित लेप्चाले प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स ऐन, बाल विवाह रोकथामलगायत बाल बालिकाहरूको हितमा रहेको विभिन्न ऐनहरूमाथि प्रकास पारिन्। उनले बाल बालिकाहरूलाई विभिन्न प्रकारको घटनाहरूबाट सुरक्षा प्रदान गर्ने उद्देश्य हेल्पलाइन खोलिएको अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement