नाम्चेबुङमा माउसेसको आँखा र रक्तजाँच शिविर

IMG-20250906-WA0114

पाकिम: मानव उत्थान सेवा समिति सिक्किम राज्यअन्तर्गत गान्तोक एवं नाम्चेबुङ तहसीलको संयुक्त तत्वावधानमा नाम्चेबुङमा आँखा अनि रक्तजाँच शिविर आयोजन गरिये। मानव उत्थान सेवा समिति तथा मानव धर्मका प्रणेता सदगुरुदेव सतपालजी महाराजको ७४औं जन्मदिनको उपलक्ष्यमा पाकिम जिल्लाअन्तर्गत नाम्चेबुङस्थित मानव धर्म मन्दिर एवं ध्यान केन्द्रमा आयोजित शिविरमा ग्रेटर लायन्स क्लब सिलगढ़ीको सहकार्य रहेको थियो। एक दिवसीय निःशुल्क आँखा साथै रक्तजाँच शिविरमा धेरैजनाले लाभ उठाएका थिए। गान्तोक तहसील प्रभारी महात्मा निलम्बरी बाईजीले उदघाटन गरेको शिविरमा उदबोधन बिचार राखिन्। मानव उत्थान सेवा समिति सिक्किम राज्य मण्डल प्रमुख प्रवीण गुरूङले सदगुरुदेव महाराजको ७४औं पावन जन्मदिनको उपलक्ष्यमा सिक्किम राज्यभित्र आयोजन गर्ने विभिन्न सामाजिक एवं आध्यात्मिक कार्यक्रमको रूपरेखाबारे लप्रकास पारे। पाकिम जिल्लाअन्तर्गत नाम्चेबुङस्थित ध्यान केन्द्रमा पहिलो शिविर भयो भने भोलि ७ सेप्टेम्बरको दिन उत्तर सिक्किमको मुख्यालय मंगनमा, १३ सेप्टेम्बर सिक्किम राज्य तहसीलस्तरीय सफाई अभियान, १४ सेप्टेम्बर शिक्षा अभियान मार्फत सिक्किमका विभिन्न स्कूल कलेज तथा शैक्षिक संस्थानहरूलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। यसैगरि २० सेप्टेम्बर गान्तोकस्थित नयाँ एसटीएनएम अस्पतालमा सिक्किम राज्यलाई लिएर वृहत रक्तदान शिविर राखिने अनि अन्तमा २१ सेप्टेम्बरको दिन तहसील स्तरीय शोभायात्रा निकालिने जानकारी गराएको छ। आजको शिविरलाई सम्बोधन गर्दै नाम्चेबुङ ग्राम पञ्चायत यूनिटकी अध्यक्ष सकिला राईले मानव उत्थान सेवा समितिले गाउँका मानिसहरूको सुविधालाई हेरेर शिविर गरेकोमा आभार जनाइन्। रक्तजाँचमा केएफटी र एलएफटी जाँच पनि गरियो। सिलगड़ी ग्रेटर लायन्स क्लबकी आँखा जाँच विशेषज्ञ अम्बिका सापकोटाले आफ्नो सम्बोधनमा आजको आँखा जाँच शिविरमा जम्मा ८१ जनाको जाँचमध्ये ९ जनाको आँखामा मोतियाविन्द पाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement