मुख्यमन्त्रीले गरे सीताराम बाटिका र मामरिङ भ्यू पोइन्टको उदघाटन

IMG-20250906-WA0113

नाम्ची: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नामथाङ रातेपानी निर्वाचन क्षेत्रलाई सुन्दरीकरण गर्ने अर्थात पर्यटकहरूलाई आकर्षित तुल्याउने उद्देश्यले नामथाङको सड़क किनारमा निर्मित विभिन्न परियोजनाको उदघाटन गरे। यस अवसरमा मुख्यमन्त्री तामाङले सीताराम बाटिका र मामरिङ भ्यू पोइन्टको उदघाटन गर्दै नामथाङ रातेपानी निर्वाचन क्षेत्रका जनतालाई सुम्पिए।
क्षेत्र विधायक सञ्जीत खरेलको पहलमा नामथाङ रातेपानी निर्वाचन क्षेत्रलाई पर्यटकहरूको आकर्षणको केन्द्र बनाउने उद्देश्यले शुरू गरेको यस पहलको मुख्यमन्त्रीले सरहाना गरे। विधायक, मन्त्रीले चाहेमा सबै कुरा सम्भव छ भन्ने उदाहरण विधायक खरेलले दिएको उनले बताए। आज उदघाटन गरिएको दुईवटा परियोजनाले पर्यटकहरूको निम्ति गन्तव्य स्थल बन्न सक्ने सम्भावना रहेको र यसले पर्यटकहहरूलाई मात्र नभएर स्थानीयहरूलाई पनि आकर्षित गर्ने थप बताए।
नामथाङ सड़क किनारमा विधायक खरेलको इच्छा शक्तिमा विभिन्न स्थलमा मुर्तिहरूको स्थापना गर्नको साथै घोड़ाको सवारी गर्नेहरूको निम्ति घोड़ा पनि उपलब्ध गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement