सिटोङमा शिक्षक दिवस एंव सम्वर्द्धना समारोह सम्पन्न

IMG-20250906-WA0109

खरसाङ: हिल-तराई प्राथमिक एसोसिएशन, मङपु क्षेत्रीय समिति, सिटोङ-लाटपञ्चार एकाई जीटीएको आयोजनामा सिटोङको घलेटार सार्वजनिक भवनमा शिक्षक दिवस साथै सम्वर्ध्दना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम पदम गुरुङको सभापतित्वमा अनि राजेश चौहान डिप्टी जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा कार्यकारी सभासद रतनकुमार थापा, खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री, सहकारी सभापति नारायण थापा, डिआई जीटीएको डिआई टिके विश्वास, एआई, एसआई लगायत सुटिङ एक, दुई र तीन, रेशेप ग्राम पञ्चायतको पञ्चायत प्रधानहरू साथै अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रममा स्वागत सम्भाषण शिक्षक शिशिर राईले गरेका थिए भने सभालाई मुख्य अतिथि राजेश चौहान, विशिष्ट अतिथि रतन थापा अवकाश प्राप्त शिक्षक प्रदिप छेत्री, रामलाल जिम्बा‌आदिले सम्बोधन गरेका थिए।‌ यसरी नै अवकाशप्राप्त शिक्षक प्रदिप छेत्री, शिक्षिका जानुकी भुजेल, शिक्षक भानु खवासलाई सफल अवकाश जीवनको शुभकामनासहित स्मृति चिन्ह प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ। धेरै वर्षदेखि अवकाश जीवन बिताइरहेका शिक्षक शिक्षिकाहरुलाई पनि आयोजक समितिको तर्फबाट सम्वर्द्धना जनाइयो।

कार्यक्रमलाई शिक्षकद्वय प्रकाश हाङखिम अनि श्रवान छेत्रीले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement