सार्वजनिक पुस्तकालय दिवसअन्तर महाविद्यालय कविता प्रतियोगितामा खरसाङ कलेज प्रथम

IMG-20250906-WA0098

खरसाङ: जीटीए स्तरीय अन्तर महाविद्यालय कविता प्रतियोगितामा खरसाङ कलेजले प्रथम स्थान प्राप्त गरेको समाचार प्राप्त भएको छ। देशबन्धु जिल्ला पुस्तकालय र जीटीएको संयुक्त आयोजनामा आयोजित ‘सार्वजनिक पुस्तकालय दिवस २०२५ को अवसरमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा स्वरचित प्रत्येक महाविद्यालयबाट एकदेखि चारवटासम्म कविता पठाउनु पर्ने विषयमा पत्रमा आह्वान गरिएको थियो। जीटीए क्षेत्रका महाविद्यालयहरूले उक्त प्रतियोगितामा अंश ग्रहण गरेका थिए जसमा खरसाङ कलेजबाट अङ्ग्रेजी र नेपाली भाषामै चारजना विद्यार्थीहरूले भाग लिएका थिए। तीमध्ये नेपाली मेजर तेस्रो सत्रकी छात्रा प्रशन्नता छेत्री केवल एकजना पहिलो चरणको प्रतिस्पर्धाबाट छनौट भएको आधिकारिक सूचना कलेजलाई प्राप्त भयो। ३१ अगस्तको दिन सार्वजिनक पुस्तकालय दिवसको समापन कार्यक्रममा अन्तिम चरणको प्रतिस्पर्धा भयो। अन्तिम चरणको प्रतिस्पर्धामा छनौट हुने कविहरू समेतलाई नित्याइएको थियो। छनौट भएका कविहरूले आफ्ना कविताहरू प्रतियोगितामा पठन गरेर सुनाउने अवसर दिँदै त्यसकै आधारमा अन्तिम फाइनल परिणाम घोषणा हुने जनाइएको थियो। अन्तिम फाइनल राउण्डमा खरसाङ कलेजले दार्जिलिङ सरकारी महाविद्यालय र बिजनबारी डिग्री कजेजलाई पछाडि पार्दै प्रथम स्थान ओगट्न सफल भयो। विद्यार्थीको सफलतामा कलेजका प्राचार्य समीर बलले आयोजक समिति र प्रतियोगी प्रशन्नता छेत्रीलाई बधाई दिएका छन्। उनले विद्यार्थीको सफलता भनेको कलेजको उन्नति हो, कलेजकै सफलता हो भनी प्रशंसा गरेका छन्। विद्यार्थी उपयोगी यस्ता प्रतियोगिताहरूमा कलेजले पूर्ण सहयोग र प्रोत्साहन गर्ने दृढ आश्वासन दिए भने हालमा खरसाङ कलेजलाई विभिन्न कार्यक्रम र प्रतियोगिताहरूमा सफलता प्राप्त भइरहेकोमा हर्ष व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement