दिल्ली प्रीमियर लीगमा प्रभावशाली प्रदर्शन गर्दै जलपाइगढ़ीका विंगर सूरज रसाईली

IMG-20220922-WA0107.jpg

२२ सेप्टेम्बरः खेलप्रति समर्पण, अनुशासन र कठोर मेहनतलाई हतियार बनाएर अहिले शीर्ष स्तरमा सफलताको छाप छोड़्न सफल बनेका छन् फूटबलर सूरज रसाईली। जलपाइगढ़ीको भानुनगर निवासी २४ वर्षीय सूरज अहिले दिल्ली प्रीमियर लीगमा गढ़वाल एफसी-बाट खेलिरहेका छन्। पूर्व च्याम्पियन गढ़वाल एफसी-ले बुधवार खेलिएको म्याचमा दिल्ली एफसी-लाई २-१-ले पराजित गऱ्यो। त्यस म्याचमा विंगर सूरजले एक गोल गर्नको साथै प्लेयर अव् द म्याचको पुरस्कार पनि जिते। यसअघि नर्थ बेंगल आर्म्ड पुलिस टीमबाट निमित रूपले खेल्ने सूरजले आफ्नो असाधारण प्रदर्शनको दममा भूटान लीगमा पनि हिस्सा लिएका थिए। भूटान लीगमा पनि ट्रान्सपोर्ट युनाइटेड एफसी-बाट खेल्दै सूरजले प्रभावशाली प्रदर्शन गरेका थिए। उनले ट्रान्सपोर्ट युनाइटेडबाट नै एएफसी कपमा पनि हिस्सा लिएका थिए। भूटान लीगपछि सूरजले केही समय उत्तर बंगालमा विभिन्न टुर्नामेण्टहरूमा हिस्सा लिए पनि अहिले उनी दिल्ली प्रीमियर लीगको क्लब गढ़वाल एफसी-मा सफलताको नयाँ उँचाईलाई हासिल गरिरहेका छन्। कठोर मेहनतको कुनै विकल्प छैन भन्ने मन्त्रलाई अघि राखेर सफलताको गोरेटोमा अघि बढ़्ने सूरजको यात्रा युवा खेलाड़ीहरूका निम्ति प्रेरणा बनेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *