एम एम तराईमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टि स्तरीय भेट घाट कार्यक्रम

IMG_20220922_123222.jpg

पानीघट्ट: आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सुकना पानीघट्ट समष्टिको प्रतिनिधि टोलीले एम एम तराईवासीलाई गत १९ तारिख सितम्बरमा जि टि ए सभामा लिएको प्रस्ताव अनुरूप क्षेत्रलाई वैधानिक प्रक्रिया अनुसार कसरी समष्टि अन्तर्गत अन्तर्भुक्ति गर्न सकिन्छ भन्ने विचार मन्थन गरियो भनी स्थानीयहरू बताउँछन्। उक्त भेट्घाट कार्यक्रमलाई स्थानीय समाजसेवी श्रीमान भरत राईले अध्यक्षता गरेका थिए भने क्षेत्रीय सभासद् श्रीमान परेश तिर्की अनि भा गो प्र मो केन्द्रीय समिति सदस्य श्रीमान सि के शर्मा, समष्टि सभापति श्रीमान अजित जिम्बा, सचिव श्रीमान विदुर क्षेत्रीको विशेष उपस्थिति रहेको थियो।
भेटघाट कार्यक्रम लाई स्थानीय समाजसेवी श्रीमान एस डी ठटाल ले सञ्चालन गरेका थिए भने स्थानीय पञ्चायत सदस्य, अनि केही विशेष व्यक्तित्वहरुले सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष श्रीमान अनित थापा प्रति यस पहलको निमित्त हार्दिक आभार व्यक्त गरेका छन्।
उपस्थित समष्टि टोलीको पक्षमा केन्द्रिय समिति सदस्य श्रीमान सि के शर्मा ले आफ्नो सम्बोधनमा यो क्षेत्र लाई जि टि एमा अन्तर्भुक्तिको पहल भएकोमा पार्टी अध्यक्ष श्रीमान अनित थापालाई आभार व्यक्त गर्दै एम एम तराईवासीलाई जि टि एमा स्वागत जनाएका छन्। अब क्षेत्रवसी एक भएर एउटा छाताको मनि आएर, एक लाम लागेर काम गर्ने सल्लाह दिए भने आगामी दिनमा बुथ कमिटि बनाउँदा सवैलाई समेटेर बनाउन पर्ने निर्देश दिएका छन्। जबसम्म कमिटि बनिन्दैन तबसम्म जोगा जोग गर्ने उद्देश्यले श्रीमान सोनाम लामा लाई संयोजकको दायित्व दिएको जान्न मा आएको छ।
उक्त कार्यक्रमलाई सभासद् श्रीमान परेश तिर्की, समष्टि सभापति श्रीमान अजित जिम्बाले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *