के हरेक उमेरका व्यक्तिले दूध पिउनु आवश्यक छ?

IMG-20250905-WA0070

बिहान उठ्नासाथ बच्चाहरूलाई दूध पिलाउनु प्रचलन जस्तै हो। शरीरलाई शक्ति दिनका लागि भन्दै बालकदेखि वयस्क र वृद्धवृद्धाहरूलाई हड्डी बलियो बनाउन भन्दै दूध पिउन दिइन्छ। जब बच्चाले ठोस खाना सुरु गर्छन् त्यसपछि पनि दुध अनिवार्य जस्तै गरी दिइन्छ। अर्थात्, दूधलाई पोषणको पर्यायवाची मानिएको छ।
तर के साँच्चै हरेक उमेरमा दूध पिउनु आवश्यक छ? वा यो केवल बाल्यकालसम्म मात्र सीमित हुनुपर्छ?
दूधमा क्याल्सियम, प्रोटिन, भिटामिन डी र फस्फोरस जस्ता आवश्यक पोषक तत्वहरू पाइन्छन्, जुन शरीरको विकास र स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण छन्। यद्यपि, आजकाल धेरै मानिसहरू दूध नपिउने विकल्पहरू खोजिरहेका छन्।
कतिपयलाई ल्याक्टोज असहिष्णुता हुन्छ, जसले गर्दा दूध पिउँदा ग्यास, पेट दुख्ने वा दिसा लाग्ने समस्या हुन्छ। त्यस्तै, कतिपयले हरियो सागसब्जी, दही, तिल, बादाम, सोया जस्ता विकल्पहरूबाट पनि उत्तिकै पोषण प्राप्त गर्न सकिन्छ भन्ने मान्छन्। यही कारणले यो बहस बारम्बार सुनिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement