काठमाडौँ: कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले विश्वकप छनोट खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न यस खेलमा अर्जेन्टिनाका लागि मेस्सीले दुई गोल गरे भने लाउटारो मार्टिनेजले एक गोल थपे।
खेलको ३९औं मिनेटमा मेस्सीले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो।
दोस्रो हाफको ६४औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता २-० मा पुर्याए। त्यसपछि खेलको ८० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को शानदार जित दिलाए। यो जितसँगै अर्जेन्टिनाले विश्वकप छनोटमा आफ्नो स्थिति अझ बलियो बनाएको छ।