बलराम सुपर किंग (बीएसके) क्वार्टर फाइनलमा पुग्न सफल

photocollage_20259501542874

पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा बलराम सुपर किंग (बीएसके), जलपाइगढ़ीले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा बिहीवार भएको म्याचमा बीएसके-ले रेड हर्स एफसी, इलाम (नेपाल)-विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट करण राईले सातौं र १८औं मिनटमा २ गोल गरे। अन्य एउटा गोल अयुषले गरे। यसरी रेड हर्स एफसीको तर्फबाट सांगिन लिम्बुले ३७औं मिनटमा गोल गरे। विजेता टीमका फरवर्ड करण राईले प्लेयर अव् द म्याच को ट्रफी हासिल गरे। शुक्रवार खेलिने म्याचमा जर्जियन फूटबल क्लब र मिक्स्ड अप् बोयज, खरसाङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ। यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement