संकल्प सम्मान मञ्चको वार्षिक सम्मान अनि पुरस्कारको घोषणा

IMG-20250904-WA0166

दार्जिलिङ: आज दार्जीलिङ प्रेस गिल्डमा संकल्प सम्मान मञ्चको प्रेस भेला सम्पन्न गरियो। उक्त प्रेस भेला संकल्प सम्मान मञ्चका अध्यक्ष डा. नीना राईको अध्यक्षता, संरक्षक सबिता संकल्प, प्रतिनिधिगण क्रमैसँग सरोजा प्रधान, प्रमिता गुरुङ, पप्पु लामा अनि चन्दन थापाको उपस्थितिमा सम्पन्न गरियो। चन्दन थापाद्वारा उपस्थित सम्पूर्णमा स्वागत जनाउँदै संकल्प सम्मान मञ्चद्वारा वार्षिकी तौरमा गरिने सम्मान कार्यक्रम यस वर्ष आगामी १७ सेप्टेम्बर २०२५ को दिन नेपाली साहित्य सम्मेलन भवनमा सम्पन्न गरिने भएको बताए। यसको साथै उक्त सम्मान समारोह आकाशवाणी खरसाङका पूर्व निष्पादक, पत्रकार साथै कथाकार पारसचन्द्र आलेको प्रमुख आतिथ्यमा सम्पन्न हुने बताए। प्रेस भेलाको प्रथम चरणमा अध्यक्ष डा नीना राईद्वारा मञ्चद्वारा गरिने यस साहित्य क्षेत्रमा प्रदान गरिने पुरस्कारको घोषणा गर्दै यस वर्ष साहित्य क्षेत्रमा नामरिङ चियाबारी रङ्गली रंगलीयट निवासी जसले आज पर्यन्त छ एक दर्जन कृतिहरू भारतीय नेपाली साहित्यलाई दिइसकेका छन् भने आज पर्यन्त सक्रिय रूपमा कलम चलाउँदै आउने अग्रज साहित्यकार एनडी एल(मन्दन) योञ्जन तामाङलाई प्रदान गरिने घोषणा गरे। यसपछि प्रमिता गुरुङले प्रथममा नाटक क्षेत्रमा प्रदान गरिने सम्मानको घोषणा गर्दै नाटक क्षेत्रमा आज पर्यन्त विभिन्न नाटकहरू मञ्चन गर्दै आइरहेका नाटककार जसले आजसम्म प्रायश्चित डोली रितो जाँदैन दोसाद रगतको साइनो आदि जस्ता नाटकहरु लेखेर नाटक प्रेमीहरूको मनलाई जितेर आएका छन्। उनी अनेपाली भएर पनि आजपर्यन्त दार्जीलिङ पहाड़मै बसोबासो गर्दै नेपाली नाटकहरू नै लेखेर नाट्य क्षेत्रलाई समृद्ध तुल्याउँदै आउने नाटककार, उपन्यासकार रमाकान्त गुप्तलाई यस वर्षको नाटक क्षेत्रको सम्मान प्रदान गरिने बताए। यसको साथै संगीत क्षेत्रमा प्रदान गरिने सम्मान को घोषणा गर्दै गीत संगीतको क्षेत्रमा सिम्बोलिक गीतहरू प्रदान गर्दै आउने कुशल म्युजिक एरेन्जर साथै सुर संगीत संगीतालयमा विद्यार्थीहरूलाई संगीतको ज्ञान दिँदै आउने मौन साधक सुरजमणि बर्मेलाई यस वर्षको संगीत क्षेत्रको सम्मान प्रदान गरिने बताए। यसरी नै सविता संकल्पद्वारा पत्रकारिता क्षेत्रमा आफ्नो अथक योगदान दिँदै आउने अग्रज पत्रकार जसले म उँभिएको धरती पत्रकारितामा आधारित कृति पाठक वर्गमा सुम्पिएर यसको साथसाथै हिमालय दर्पण दैनिक खबर कागजमा सम्पादकको रुपमा रहेर पत्रकारिता क्षेत्रमा सेवा पुर्‍याउँदै आउने पत्रकार शिबु छेत्रीलाई यस वर्षको पत्रकारिता क्षेत्रको सम्मान प्रदान गरिने घोषणा गरिन्। यसको साथसाथै समान मञ्चद्वारा स्थानीय मिडिया हाउसहरूद्वारा प्रचार प्रसारको माध्यमद्वारा सर्वजन साधारणमा सेवा पुर्याउँदै आउने मिडिया हाउसहरू क्रमैले दार्जीलिङ प्रेस गिल्ड, दार्जीलिङ टेलिभिजन, हिमाली च्यानल, टिस्टा रङ्गीत च्यानल अनि हिमालय दर्पण दार्जीलिङ शाखालाई सम्बर्द्धना गरिएको थियो भने यसै क्रममा दार्जीलिङ प्रेस गिल्डद्वारा गत वर्ष पूर्व घोषणा अनुसार मिडिया हाउसहरू दार्जीलिङ च्यानल अनि हिमालयन जर्नलिस्ट क्लबलाई सम्बर्द्धना गरिने भएको छ। सम्बर्द्धनाकै क्रममा साहित्य एकाडेमी नयाँ दिल्लीद्वारा घोषणा अनुसार वर्ष २०२५ को बाल साहित्य एकाडेमी पुरस्कारद्वारा पुरस्कृत संकल्प सम्मान मञ्चका सदस्य डा साङ्मू लेप्चालाई सम्बर्द्धना प्रदान गरिने भएको बताए। यस वर्ष २०२५ देखि भारतीय नेपाली साहित्यमा तुलनीय योगदान पुर्‍याउने जसले आजपर्यन्त आफ्ना अनेकन विधाका कृतिहरू साहित्य भण्डारलाई दिएर अनि आफ्नो कर्मथलो असम क्षेत्रमा हुँदाहुँदै पनि दार्जिलिङलाई सधैं मुटुभित्र राखेर दार्जिलिङ भेगका श्रष्टाहरुका लेखहरु लेख्दै आफ्नो कृति पनि पाठकहरुमा सुम्पन्दै आउने एक विज्ञ र पारखी कलम किरणकुमार राईको १० जनवरी २०२५ को दिन आकस्मिक निधन हुनु हामी सबैको निम्ति अपूरणीय क्षति हो। यसरी नै उनको नाम अनि कामलाई २०२५ देखि बान्तवा तथा राई परिवारको पक्षद्वारा किरणकुमार राई स्मृति पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने भएको छ। संकल्प सम्मान मञ्चको यसै सम्मान समारोहबीच प्रथम किरणकुमार राई स्मृति पुरस्कार युवा कवि जसले आजसम्म भारतीय नेपाली साहित्यमा दार्जीलिङ भर्सेस दार्जीलिङ जेटा सोफिया ग्राफे जस्ता गहन कृतिहरू भारतीय नेपाली साहित्यलाई दिने सर्जक विशाल विश्वकर्मलाई प्रथम किरणकुमार राई स्मृति पुरस्कारले अलंकृत गरिनेछ।
उक्त पुरस्कारमा अङ्गवस्त्र स्मृति चिन्ह अनि नगद राशिद्वारा सम्मान जनाइनेछ। सम्मान अनि पुरस्कारको घोषणापछि आयोजकको पक्षमा पप्पु लामाले १७ सेप्टेम्बर २०२५ को दिन सम्पूर्णलाई उपस्थित भएर सबै सम्मानित अनि पुरस्कृत श्रष्टाहरुलाई ऊर्जा बढाइदिने निवेदन गर्दै प्रेस भेलाको समापन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement