मिरिक: राज्यको राजधानी कलकत्ताको धोनो धन्नो रंगशालामा हुने भनिएको राज्य स्तरीय शिक्षक दिवस समारोहमा शिक्षक निर्मल सिंगरलाई शिक्षा रत्नद्वारा सम्मान गरिने भएको छ। समारोहमा थर्बु उच्च माविका सह शिक्षक सिंगरलाई शिक्षाको निम्ति दिएको योगदानको कदरस्वरुप यो सम्मान प्रदान गरिन लागेको हो। मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा अनि उनको बाहुलीबाट सम्मान प्रदान गरिने छ। राज्य स्तरीय सम्मानको निम्ति चयनीत भएपछि सिंगरले हर्ष प्रकट गर्दै शिक्षाको बढोत्तरीको निम्ति समर्पित हुनु गर्वको कुरा रहेको बताए। उनले सबैप्रति आभार प्रकट गर्दै सम्मानले थप जिम्मेवारी बोध गरेको बताए। उनले राज्य स्तरको सम्मानले थप उर्जा प्राप्त भएको बताए। मिरिकलाई शैक्षिक उन्नतितिर उन्मुख गराउने अभिप्रायका साथ कार्य गरिरहने बताए। बिद्यार्थीहरुको पुर्णांक बिकासको निम्ति तत्परताका साथ सिंगरले कार्य गरिरहेका छन। २९ बर्षको लगातार शैक्षिक सेवा गरिसकेका सिंगरले बिद्यार्थीहरुको मानसिक अनि शारीरिक बिकास तर्फ व्यापक कार्य गरेका छन। उनैको नेतृत्वमा हाल थर्बु उच्च माविका बिद्यार्थीहरु खुकुरी नृत्य अनि पाइप ब्यान्डमा अब्बल बन्दै आएका छन। २०२३ को गणतन्त्र दिवस समारोह दिल्लीमा आयोजित स्कुल ब्यान्ड प्रतियोगितामा थर्बु उच्च मावि प्रथम बनेको थियो। यस अघि सिंगर विविध राष्ट्रिय तथा क्षेत्रीय सम्मानले सम्मानित बनिसकेको छन। जसमा गर्वनर अवार्ड, एनसिसि (१९९०), डा. ए पि जे अब्दुल कलाम अवार्ड, मेघालय सरकार खेलकुद मन्त्रालयद्वारा युथ आइकन, डा. राधा कृष्णन सम्मान आदि रहेका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




