गान्तोक: अन्तर्राष्ट्रीय सहकारी वर्षको एक भागकोरूपमा आज पाकिमको तारेथाङ सरकारी माध्यमिक विद्यालयमा तारेथाङ बहुउद्देश्यकारी सहकारी समितिको पहलमा च्याउको खेतीमाथि एक दिवसी प्रशिक्षण कार्यक्रम आयोजना गरियो। प्रशिक्षण कार्यक्रममा २० जना विद्यार्थीहरूहरूले सहभागिता जनाएका थिए। जसको उद्देश्य सहकारी पहलमा युवाहरूको सहभागिता संख्यालाई बढाउन साथै उनीहरूलाई व्वहारिक ज्ञान प्रदान गर्नु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सहायक रेजिस्टरर रोहिनी मुखियाले आत्मनिर्भर समुदायहरूको प्रवर्द्धनमा सहकारिताको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारिन्। सोही प्रकारले एमपीसीएसका प्रबन्धकले बीएन च्याउ खेती प्रविधिबारेमा विस्तृतरूपमा जानकारी गराए। यस अवसरमा अन्तर्क्रियात्मक कार्यक्रमको पनि आयोजना गरिएको थियो। जसको नेतृत्व निरीक्षक दीना लेप्चाले गरेकी थिइन्। यस प्रकारको कार्यक्रममा विद्यार्थीहरूलाई सक्रियरूपमा संलग्न हुन र मनमा लागेका कुराहरू स्पष्ट पार्ने आग्रह गरिन्। उक्त कार्यक्रममा विद्यार्थीहरूलाई पाँच प्याकेट च्याउको बीउ वितरण गरियो। जसले विद्यार्थीहरूलाई आफ्नो विद्यालय परिसरमा च्याउको खेती शुरू गर्न प्रोत्साहन गरेको थियो।