पर्यटन मन्त्रीसितै अधिकारी टोली इटानगर विमानन सम्मेलनमा सामेल

IMG-20250904-WA0160

गान्तोक: सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन विभागीय मन्त्री छिरिङ थेन्डुप भोटियाको नेतृत्वमा अधिकारीहरुको एक उच्चस्तरीय प्रतिनिधि मण्डलले अरुणाचल प्रदेशको इटानगरमा आयोजित तेस्रो उत्तरपूर्वीय विमानन सम्मेलन २०२५ मा सहभागिता जनायो। प्रतिनिधि मण्डलमा अतिरिक्त मुख्य सचिव सीएस राव, अतिरिक्त निर्देशक तेन्जिङ ग्याले, र उपनिर्देशक सोनाम रिन्चेन भोटिया सहभागी थिए। सम्मेलनमा केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडुको अध्यक्षता तथा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुको आतिथ्यमा भयो। जसमा अन्य उत्तरपूर्वीय राज्यका मुख्यमन्त्रीहरू, नागरिक उड्डयन मन्त्रीहरू र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए। सिक्किम प्रतिनिधि मण्डलले सम्मेलनमा विगत दुई वर्षदेखि सञ्चालनमा नरहेको पाकिम विमानस्थलमा पुनः व्यावसायिक उडान सेवा शुरु गर्नुपर्ने आवश्यकतामाथि बल दिए। यस कदमले राज्यको पर्यटन प्रवर्द्धन र जनसुविधामा ठूलो योगदान पुग्ने बताए। यसबीच केन्द्रीय मन्त्री र नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ अधिकारीहरूले पाकिम विमानस्थलमा बम्बार्डियर ४०० विमानमार्फत उडान सेवा पुनः शुरु गर्ने प्रतिबद्धता जनाए। साथै, विमानस्थलमा प्रयोग भएका उपकरण भाडा शुल्क पनि माफ गरिने आश्वासन दिए। छोटो अवधिमा अस्थायी उडान सुविधा शुरु गर्ने तयारी भइरहेको र दीर्घकालीन योजनाअन्तर्गत विमानस्थलको धावनमार्ग १.७५ किलोमिटरबाट २.७५ किलोमिटर सम्म विस्तार गर्ने प्रस्ताव अघि सारिएको जानकारी गराए। सिक्किम सरकारले हवाई यातायात सुदृढीकरणलाई प्राथमिकता दिएको छ र मन्त्रालयसँग निरन्तरको समन्वयमार्फत छिट्टै पाकिम विमानस्थल सञ्चालनमा आउने आशा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement