मुख्य सचिवले डाके सेवा पखवाडा कार्यक्रमबारे बैठक

IMG-20250904-WA0157

गान्तोक: राज्यका मुख्य सचिव आर तेलाङको अध्यक्षतामा आज टाशीलिङ सचिवालमा बसेको सेवा पखवाडा कार्यक्रमबारे एक सभाले विभिन्न विषयमाथि चर्चा गरेको छ।
सभाको अध्यक्षता मुख्य सचिव तेलाङले गरे। देशका प्रधानमन्त्री नरेन्द्र मोदीको ७५औं जन्मदिन आगामी १७ सेप्टेम्बरको दिन परेको हुनाले सेवाउन्मुख पहलहरू शुरू गरिनेछ। जो आगामी २ अक्टोबरको दिन समापन हुनेछ। प्रधानमन्त्री मोदीको जन्मदिन देशको विभिन्न राज्यमा पालन गरिने छ भने उक्त अवसरमा राज्यहरूमा जन कल्याणकारी गतिविधिहरू, सरसफाइ अभियानहरू र सामुदायिक सेवा पहलहरू सञ्चालित गर्ने तयारी गरेको छ। सभालाई सम्बोधन गर्दै मुख्य सचिवले विभिन्न विभागहरूको नाम परिवर्तन गर्न आवश्यक रहेको बताए। जसमा समाज कल्याण विभाग, महिला, बाल, ज्येष्ठ नागरिक र दिव्यांगजन विभाग, पञ्चायती राज संस्था, वाणिज्य तथा उद्योग विभाग, ग्रामीण विकास विभाग, शहरी विकास विभाग, सहकारी विभाग, पशुपालन तथा पशु चिकित्सा विज्ञान विभाग, स्वास्थ्य तथा परिवार कल्याण विभाग सामेल रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement