गान्तोक: नामथाङ रातेपानी निर्वाचन क्षेत्रअन्तर्गत काब्रेमा आजदेखि नेवार समुदायको महान पर्व इन्द्रजात्रा शुरू भयो। यस कार्यक्रममा मल्ली निर्वाचन क्षेत्रका विधायक एनबी प्रधान मुख्य अतिथि थिए। उदघाटन कार्यक्रम अवसरमा लिङग स्थापना गरियो। दोस्रो चरणको कार्यक्रममा नेवार समुदायको भाषा र साहित्यलाई बढावा दिन साथै संरक्षण गर्ने उद्देश्यले प्यानल डिल्कसन अनि युवा सम्मेलनको आयोजन गरिएको थियो। सिक्किम नेवा गुठीद्वारा आयोजित इन्द्रजात्रा पर्व तीन दिवसीयरूपमा पालन गरिएको संस्थाका अध्यक्ष एमके प्रधानले बताए। पत्रकारहरूसँग कराकानी गर्दै अध्यक्ष प्रधानले नेवार समुदायबाट योगदान पुऱ्याउने दुई विशिष्ट व्यक्तिलाई यसपाली नेवा रत्न सम्मानद्वारा सम्मानित गरिने बताए। विशेष गरेर केशव प्रधान र खगेन्द्र प्रधानलाई यस वर्ष नेवा रत्न सम्मान सम्मान जनाउने समितिले निर्णय लिएको अवगत गराए। हाल नेवार समुदायको भाषा, साहित्य, परम्परा र भेषभूषालाई संरक्षण गर्नको निम्ति संस्थाले पहल गर्दै आइरहेको बताए। विद्यालयहरूमा सरकारले कूल २६ जना नेवार भाषी शिक्षकहरू नियुक्त गरेको भए तापनि नेवार भाषा पढने विद्यार्थीहरूको संख्यामा कमि आएकोमा संस्थाले चिन्ता व्यक्त गरेको छ। विद्यार्थीहरूको संख्यामा वृद्धि गर्न पहल गरिरहेको अध्यक्ष प्रधानले जानकारी गराए। समुदायको भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्नको निम्ति युवा पुस्ता अघि आउनु पर्ने उनले आग्रह गरे। यसरी नै सामाजिक सञ्जालमा पनि नेवार भाषामा लेख्न पहल गरेको खण्डमा अवश्य पनि नयाँ पुस्ताले आफ्नो जातीय भाषामा चासो राख्न सक्ने सम्भावना व्यक्त गरे। विद्यालयमा नेवार भषामा अध्ययन गर्ने विद्यार्थीहरूको संख्यामा कमु भएपछि सीबीएसइ बोर्डले यसलाई अहिलेसम्म मान्यता नदिएको उनले दाबी गरे। उनले थप जानकारी गराएअनुसार आगामी ६ सेप्टेम्बरको दिन समापन अवसरमा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ रहनेछन् भने उनको साथमा मन्त्रीगगण, विधायकगण लगायत अन्य अधिकारीहरूलाई पनि आमन्त्रित गरिएको छ। यस वर्ष राज्यस्तरमा इन्द्रजात्रा पर्व पालन गरियो भने आगामी वर्ष अन्तर्राष्ट्रीयस्तरमा पालन गरिने तयारी गरेको छ। जसमा विभिन्न देशमा बसोबासो गर्दै आएका नेवार समुदायका प्रतिनिधिहरूलाई आमन्त्रित गरिने र भाषा, साहित्य र संस्कृति सम्वन्धित विषयमा व्यापकरूपमा चर्चा परिचर्चा गरिने छ। ५ सेप्टेम्बरको दिन नेवार समुदायको सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने छ भने समापनको अवसरमा नेपालकी प्रसिद्ध गायिका मिलन नेवार लगायत अन्य कलाकाहरूले आफ्नो कला प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्षले बताए।