खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले सञ्चालन गरेका थिए। सभालाई समष्टिको सचिव एंव सभासद नवराज छेत्री, खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान आदिले वक्तव्य राखेका थिए। सभाको मुख्य विषय आगामी ९ सेप्टेम्बरमा मङ्पुमा हुन लागेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पाँचौं स्थापना दिवसलाई लिएर विशेष चर्चा परिचर्चा गरिएको छ। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गर्दै पाँचौं स्थापना दिवसलाई लिएर सबै कार्यकर्ताहरुले सडकमा होइन तर सबैले आफ्नो घरमा पार्टीको झण्डा लगाउनु पर्ने आह्वान् गरिएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रुपमा जानकारी गराएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





