रंगबूल फाटकस्थित सङ्कटमोचन विनायक गणेश मन्दिरमा श्रीगणेश चतुर्थी पर्व श्रद्धासाथ पालन

IMG-20250904-WA0118

सोनादा: रंगबूल फाटकस्थित सङ्कटमोचन विनायक गणेश मन्दिरमा यस वर्ष पनि परम्परागत रूपमा श्रीगणेश चतुर्थी पर्व श्रद्धा र भक्तिभावसहित शुरू भएको छ। पर्व गत २७ अगस्टदेखि आगामी ६ सेप्टेम्बर २०२५ सम्म सञ्चालन हुनेछ। बिहीबार पनि बिहान बजेदेखि दिउँसो १:३० बजीसम्म नियमित पूजा–अर्चना गरियो भने सन्ध्याकालीन समयमा भजन–कीर्तन कार्यक्रम आयोजना गरिएको छ। अन्तिम दिन अर्थात् ६ सेप्टेम्बरमा बिहान ६ बजी हवन सम्पन्न गरिनेछ। त्यसपछि पूर्णाहूति, टीका–प्रसाद वितरण र भण्डारा आयोजना हुने समितिले जनाएको छ। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापनपछि विसर्जन गरिनेछ। मन्दिर समितिले सम्पूर्ण भक्तजनलाई यस पावन पर्वमा सहभागी भई पुण्य लाभ लिन आह्वान् आशारिका फाउण्डेशनका सदस्य रूपेश छेत्रीले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement