खरसाङ: तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनद्वारा दार्जिलिङका सांसद राजु विष्टसित उनकै वासस्थान सिलगढ़ीमा भेट गरी संगठन साथै तीनधारेको विभिन्न समस्याहरूबारे अवगत गराएका छन्। वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको तर्फबाट सांसद राजु विष्ट समक्ष विभिन्न मागहरु राखेका छन् जसमा तीनधारे क्षेत्रको घना जनसंख्याको आधारमा दीर्घ दिनदेखिको झेलिरहेको समस्या तीनधारेमा एउटा एटीएम जड़ान गरिन पर्ने विषयबारे जनाउँदा सांसद विष्टले तत्कालै सम्बन्धित विभागमा फोन गरेर समाधानको निम्ति सुझाव दिएका छन्। अधुरो निर्माणमा रहेको वरिष्ठ नागरिक कल्याण संगठन भवनको मरमत्ति कार्य गरिनु पर्ने साथै संगठनको विभिन्न समस्याहरूबारेमा चाढै नै तीनधारे भ्रमणमा आउँदा विचार गर्ने आश्वासन दिएका छन्। गत कोरोना कालदेखि स्थगित गरिएको सिलगढ़ीदेखि तीनधारेसम्मको “जंगल सफारी” डीएचआर ट्रेन सेवा पुनः चालु गरिन पर्ने जसमा तीनधारेको तीन पोइन्ट पर्यटकीय स्थलहरू ‘हनबील पार्क’, वर्कशप छेऊ “वी लभ तीनधारे” भ्यु पोइन्ट, तीनधारेको बीस माइलस्थित “स्मृती वन” परिसर देवी मन्दिर,बारे अवगत गराएइको छ। यस विषयमा सांसदद्वारा डीएचआर निर्देशकसँग फोनमार्फत सम्पर्क गरेर उक्त विषयबारे पुन: शुरु गर्ने आश्वासन दिएका छन्। तीनधारे क्षेत्रका बेरोजगार युवाहरुका निम्ति उद्योग कारखाना स्थापना गरिन पर्नेबारे जनाउँदा सांसदले यस विषयबारे कार्य भईसकेको जानकारी गराएका छन्। तीनधारे राष्ट्रिय राजमार्गदेखि सिलिम पहाड़ स्कूलसम्मको अचल ‘ओल्ड मिलेटेरी रोड’ लाई मरमत्तिद्वारा व्यवस्थित गरी वैकल्पिक मार्ग जीपेबल रोड पुनः चालु गरिन पर्नेबारे कुरा राख्दा सांसदले चाँढै उक्त क्षेत्रको स्थलगत भ्रमण गरी कार्यको पहल गर्ने वचन दिएका छन्। त्यसरी नै अन्य विषयहरुबारे पनि बातचीत भएपछि सांसदद्वारा तीनधारेको राजबारीस्थित माता जल्पादेवी मन्दिरलाई आर्थिक अनुदान प्रदान गरेको बताइएको छ। सांसद राजु विष्टसितको भेटघाट समाजसेवी बिमल दर्जीको पहलमा उक्त भेटघाट कार्यक्रम सम्पन्न भएको र यसमा अंश ग्रहण गर्नेहरुमा संगठनका सभापति दावा दोर्जे लामा, सचिव सुरेशचन्द्र दर्नाल, संरक्षक बीबी गुरुङ र अन्य पदाधिकारीहरुमा जीतबहादुर गुरुङ, किशोरचन्द्र लोहार, जय ॐप्रकाश गुप्ता, धर्मराज राणा, तिलक छेत्री र अरुण प्रधानद्वारा संगठनको पक्षमा सांसद राजु विष्टलाई धन्यवाद ज्ञापन गर्दै गर्दै चाढै नै तीनधारेको स्थलगत भ्रमणको निम्ति आग्रह गरेका छन्।