राज्यपालसॅंग एसआरएम विश्वविद्यालयका कुलपतिकाे शिष्टाचार भेट

n679535473175692159196096b05ab11dba0cbeb621901b8426b49ea3bf141362871b2f2af7bce5228e719a

गान्तोक: आज एसआरएम विश्वविद्यालय, सिक्किमका नवनियुक्त कुलपति कमाण्डर (डा.) गुरदमन शर्माले राजभवनमा राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे।
राज्यपालले डा. शर्मालाई उनको नयॉं दायित्वको लागि हार्दिक शुभकामना दिॅंदै उनको कार्यकाल सफल र नवाचारपूर्ण बनोस् भनी कामना गरेको राजभवनले विज्ञप्तिमा बताएको छ।
यस भेटको क्रममा कुलपति डा. शर्माले राज्यपाललाई विश्वविद्यालयका भावी योजनाहरू र पहलहरूको बारेमा अवगत गराए। उनले विश्वविद्यालयको प्रगति, नवाचार र समग्र विकासको लागि पूर्ण निष्ठाका साथ काम गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement