मिशन वात्सल्य योजनाअन्तर्गत बाल अधिकार सम्बन्धी जागरूकता कार्यक्रम

IMG-20250903-WA0130

सोरेङ: सोरेङ जिल्लाको महिला, बाल, वरिष्ठ नागरिक तथा दिब्याङ्गजन कल्याण विभागअन्तर्गत जिल्ला बाल संरक्षण इकाई (डीसीपीयू) ले मिशन वात्सल्य योजनाअन्तर्गत रिब्दी सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा एकदिवसीय “बाल अधिकार कानून र मिशन वात्सल्य योजनाअन्तर्गत सेवाहरू” सम्बन्धी जागरूकता तथा संवेदनशीलता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला बाल संरक्षण अधिकारी पीटर राईले डीसीपीयू र मिशन वात्सल्य योजनाको उद्देश्य र विशेषताहरूबारे जानकारी दिँदै बालबालिकालाई संरक्षण र हेरचाहको आवश्यकता भएको अवस्थामा संस्थागत र गैर-संस्थागत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कठिन परिस्थितिमा रहेका बालबालिकाको उद्धारका लागि अभिभावक, शिक्षक, पञ्चायत, पुलिस तथा विश्वसनीय व्यक्तिलाई सूचित गर्न आग्रह गरे।
श्रम आयुक्त प्रकाश चन्द्र सुब्बाले बाल विवाह निषेध ऐन, २००६ को बारेमा जानकारी दिँदै विद्यार्थीहरूलाई मेहनत र समर्पणका साथ अध्ययन गर्न प्रेरित गरे। सोमबारे पुलिस थानाका सब-इन्स्पेक्टर किन्जोम भुटियाले सिक्किम एन्टी ड्रग्स एक्ट २००६ र एनडीपीएस एक्ट १९८५ बारे जानकारी दिए।
कार्यक्रममा क्विज प्रतियोगिता, समूह छलफल र पुरस्कार वितरण पनि समावेश रहेको कार्यक्रममा प्रहरी, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement